२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काँगेसको तर्फवाट समानुपातिक उम्मेदवार लक्ष्मी दनुुवार को हुन ?

  • २०७९ कार्तिक २०, आईतबार मा प्रकाशित १ साल अघि
  • ९३८ पाठक संख्या
  • काभ्रे जिल्लाबाट बागमती प्रदेश सभामा जनजाति अल्पसंख्यक समानुपातिक कोटा अन्तरगत नेपाली काँगेसको तर्फवाट लक्ष्मी दनुवार मंसिर ४ को निर्वाचनमा उम्मेदवार छिन् ।

    २०४४ सालमा काभ्रेको पाँचखाल नगरपालिका वडा नं १२ मा बुबा माईला र आमा कान्छि दनुवारको छोरीका रुपमा जन्म लिएकी थिईन , किसान परिवारमा जन्मिएकी लक्ष्मीले प्र्ररम्भीक शिक्षा नारायण प्राथमिक विद्यालय, स्कुल लेभल आजाद मावि वालुवाबाट तथा चैतन्य क्याम्पस बनेपाबाट उच्च शिक्षा प्राप्त गरेकी छिन । ग्रामिण विकासमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरिसकेकी दनुवार आफ्नो समुदाय भित्र पढाइ गर्ने महिलामा औलामा गन्न सकिनेमा पर्छिन ।

    चैतन्य क्याम्पसबाट नेपाल विद्यार्थी संघको साधरण सदस्यता लिएर राजनिती सुरु गरेकी उनले २०६४ सालमा नेविसंघको जिल्ला सदस्य , ६४ मा नेविसंघबाट महाधिवेशन प्रतिनिधि हुदै जिल्ला महिला संघ काभ्रेको जिल्ला सह सचिव , ११औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि साथै २०७३ देखि आदिवासीजनजाति संघको जिल्ला सचिवको पदिय जिम्मेवारीमा छिन ।

    २०७४ को स्थानीय तह निर्वाचनमा पाँचखाल नगरपालिकाबाट ७०२६ मत प्राप्त गरि उपमेयरमा विजयी भएकी थिइन । उनी बाल विकास समाज नामक संस्थामा रहेर काम गरेको अनुभव छ। सामाजिक कार्यमा सकृय दनुवार उपमेयर हुदा न्यायिक समिति ,अनुगमन समिति ,राजस्व परामर्श र योजना तर्जुमा संयोजक बनेर पाँचखाल नगरलाई उत्कृष्ट नगर बनाउन भुमिका खेलेकी थिईन । पाँचखाल नगरको आफ्नो कार्यकालमा अनुगमनलाई प्रभावकारि बनाउदै शुसासनमा विशेष ध्यान दिदै नगर भित्र लघुउघम, महिला सशक्तीकरण , अपाङ्ग र एकल महिला कार्यक्रमलाई प्राथमिकता दिएकी थिईन ।

    लक्ष्मी दनुवारलाई समानुपातिकमा मत किन ?

    आफु उपप्रमुख हुँदा पाँचखाल नगरपालिकालाई बागमती प्रदेशकै उत्कृष्ट नगर बनाउन सफल ।
    हरेक ग्रामिण भेग कालो पत्रे गर्न जोड
    हरेक वडाका महिलालाई सिपमुलक तालिमको व्यवस्थामा जोड ,
    न्यायिक समितिमा रहदा पारदर्शीता र निष्पक्ष ढङ्गले काम, उत्कृष्ठ न्यायसम्पादन
    पाँचखाल शहर कृषि नगर बनाउनको निमित्त कृषि क्याम्पस ल्याउन बिशेष भुमिका ,
    बृहत सुनकोसी खानेपानी आयोजना पार्न बिशेश भुमिका ,
    कृषिमा आधुनिक करण गर्नको लागि हरेक वडा कृषि सम्बन्धि तालिम र कृषि उपकरणमा जोड

    प्रतिक्रिया दिनुहोस