२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आठ जिल्लाका सुरक्षा प्रमुखहरुले भने ‘संघ र प्रदेश सभा निर्वाचन निष्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्छौं’

  • २०७९ कार्तिक १५, मंगलबार मा प्रकाशित १ साल अघि
  • २४१ पाठक संख्या
  • काभ्रेपलाञ्चोक जिल्ला सँग सिमाना जोडिएको आठ वटा जिल्लाका सुरक्षा प्रमुखहरुको समन्वय बैठक धुलिखेलमा सम्पन्न भएको छ ।

    जिल्ला प्र्रशासन कार्यालय काभ्रेको संयोजनमा भएको बैठकमा निर्वाचन केन्द्रित छलफल गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी अमर दिप सुनुवारले जानकारी दिए । समन्वय बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन एक अर्को जिल्लाबीच सहकार्य र समन्वय गर्ने निष्कर्ष निकालेको छ । बैठकमा सडक सुरक्षा, विपद् ब्यवस्थापन, अपराध नियन्त्रण लगायतमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । बैठकमा निर्वाचन सुरक्षा विशेष योजनामा उम्मेदवार देखि मतदातासम्मको सुरक्षाका साथै मतराखिसकिएपछिको ढ्वाङ सुरक्षाको बारेमा छलफल भएको थियो ।

    अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा काभ्रेका प्रमुख जिल्ला अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका पमुख तथा काभ्रे जिल्लासँग सिमाना जोडिएका सिन्धुपाल्चोक, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, काठमाण्डौ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका जिल्ला स्थित प्रमुख सहभागि थिए ।

    कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्वागत मन्तब्य दिएकी थिईन ।

     

     

    प्रतिक्रिया दिनुहोस