२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

‘विकासको मूल फुटाउँछौ, भ्रष्ट्राचारको धब्बा लाग्न दिने छैनौ : लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार

  • २०७९ कार्तिक १२, शनिबार मा प्रकाशित १ साल अघि
  • २२८ पाठक संख्या
  • आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै दलहरूको चुनावी कार्यक्रम तिब्र गतीमा बढेको छ । नामेबुद्ध नगरपालिका वडा नं ६ धुवाकोट फेदी र वडा नं। ७ काक्रेमा लोकतान्त्रिक–वाम गठबन्धनको चुनावी कार्यक्रममा बोल्दै काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सुर्यमान दोङ (लालध्वज) तथा क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार तिर्थ लामाले विकासको मूल फुटाउँने तर भ्रष्ट्राचारको धब्बा लाग्न नदिने प्रण गरेका छन् ।

    लोकतान्त्रिक वाम गठबन्धनका काभ्रे क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालध्वजले मतदाताहरूले दिएको सम्मान र मतलाई कुनै पनि भ्रष्टाचारको धब्बा लाग्न नदिने बताएका छन् । ‘काभ्रेको समग्र राजनीतिलाई बुझेका र अनुभवी हामी अगाडी आएका छौँ । हामीले अहिलेसम्म कुनै भ्रष्टाचारको धब्बलगाएका छैनौँ र आगमी दिनमा पनि कुनै भ्रष्टाचारको धब्बा लाग्न दिने छैन् ।’ उनले भने, ‘तपाईहरूले दिएको मत र तपाईहरूले उठाएको झण्डालाई इतिहासमै निहुरिन दिनेछैनौँ ।’ मतदाताहरूले दिएको इज्जतलाई कहिल्यै अपहेलना र कलंकित हुन नदिने उनले प्रतिबद्धता जनाएका छन् । तिनै तहका सरकार मिलेर छलफल गरी बिकासका निर्माणका कामहरू अगाडी बढाउने काम गर्ने दोङले बताए । आफुले विगतमा गरेको प्रतिबद्धताहरू क्रमश सम्पन्न हुदै गएको र आगामी दिनमा बाँकी बिकास निर्माणका कामहरू सम्पन्न गर्नको लागि पनि गठबन्धनको उम्मेदवारहरूको जित आवश्यक रहेको उनले बताए । अरुले जस्तो भ्रम सिर्जना गरी यो पनि हामीले गरेको त्यो पनि हामीले गरेको भन्दै नहिड्ने काम गरेर जनताले अनुभुति गर्ने खालको काम गर्ने उनको भनाई छ ।

    काभ्रे क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार तिर्थ लामाले बिकासको मूल फुटाउनको लागि आफूहरूको उम्मेदवारी रहेको बताएका छन् । जनताको आधारभूत आवश्यकताका आयोजनादेखि गौरवको आयोजनाहरू भित्राउनको लागि आफुहरूले उम्मेदवारी दिएको उनको भनाई छ । कहाँबाट कसरी बजेट आउँछ र कहाँको लागि कहाँ पुगेर ल्याउनु पर्छ भन्ने कुरा आफुलाई अनुभव भएकोले विजयी भएपछि विकासको मूल फुटाउने उनले प्रतिबद्धता जनाएका छन् । दाप्चा काक्रे विपी राजमार्ग जोड्ने सडक पिज र स्तरोन्नती गर्ने उनले बताए । आफुहरू निर्वाचित भएपछि छिटै सर्वदलीय बैठक बसी विकास बैंक निर्माण गरी काभ्रेको बिकासको लागि लागि पर्ने उनले बताए । काभ्रेको कुन स्थानको लागि कस्तो बिकास आवश्यकता छ छलफल गरी योजना अगाडी बढाउने लामाले बताएका छन् । विकासको लागि मुल फुटाएपनि भ्रष्ट्राचारमा नफस्ने लामाको भनाई छ ।

    उक्त कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाई, सचिव गुणराज मोक्तान, अग्रज नेता इन्द्रमणी अधिकारी, नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ लगायत नेपाली कांग्रेस काभ्रेका विभिन्न भातृ संघसंस्थाका सभापति उपसभापति, नेकपा माओवादी केन्द्रका भातृ संघसंस्थाका अध्यक्ष उपाध्यक्ष, नेकपा यसका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस