२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुशासन र दिगो सरकारका लागि लोकतान्त्रिक–बाम गठबन्धन

  • २०७९ आश्विन २९, शनिबार मा प्रकाशित १ साल अघि
  • १२०२ पाठक संख्या
  • सुशासन र दिगो सरकारका लागि लोकतान्त्रिक–बाम गठबन्धनको आवश्यकता परेको गठबन्धनका नेताहरुले बताएका छन् ।

    गठबन्धन दलले शनिवार बनेपामा आयोजित पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रममा गठबन्धनका नेताहरुले लोकतन्त्र नै संकटमा पर्ने अवस्था सृजना भएपछि लोकतान्त्रिक–बाम गठबन्धन गर्न बाध्य भएको बताएका हुन । दुई तिहाई मत पाएर पनि केपी ओली नेतृत्वको सरकारले दुई–दुई पटक संसद विघठन गर्ने कार्य गरेको भन्दै लोकतान्त्रिक–बाम गठबन्धनले जनअपेक्षा अनुरुप कार्य गर्न गठबन्धन बनाएको बताए ।

    कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागाईले पत्रकारबाट उठाइएको प्रश्नको जवाफ दिदै आफ्नो पार्टी जिल्लाको सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा दशकौं अघि देखि सक्रिय रहेको बताए । हुमागाईले बत्तिको पोल ढलेको देखि बत्ति नबलेको सम्म थाहा पाउने उम्मेदवारहरु लोकतान्त्रिक बाम गठबन्धनमा रहेको भन्दै विपक्षीहरुले जस्तो विकास निर्माणका कामलाई मिडिया तथा सामाजिक संजालमा प्रचार नगरेको बताए । अरुले सामाजिक सञजालमा विकासका काम देखाएपनि फिल्डमा अवस्था जिउँका तिउँ रहनेगरेको उल्लेख गर्दै आफुहरुले काम गरेपनि प्रचार नगरेको जानकारी दिए । विपी राजमार्ग निर्माण, कोशीपारी सडक तथा पुल निर्माण, भक्तपुर नाला सडक , नमोबुद्ध पनौती लामाटार सडक, तेमाल सडक, बनेपाको बहुप्राविधिक शिक्षालय लगायतको निर्माणको शुरुवात र सम्पन्न आफुहरुले गरेको इतिहास हेर्न उनको सुझाव थियो । काभ्रे उपत्यका खानेपानी, धुलिखेल खानेपानी, मल्प लिलावती सिंचाई, नौविसे सिंचाई, सिपाघाट सिंचाई, चलाल ढुंखर्क सडक, नगरकोट नयाँगाउँ सडक काँगेसले शुरुवात गरेको जानकारी दिदैं भ्रम नछर्न चेतावनी दिए । उनले जस्ले शुरु गरेको भए पनि अधुरा काम पुरा गर्ने जानकारी दिदै मैत्रिपूर्ण, अनुशासित र स्वस्थ प्रतिस्पर्धा गर्ने जानकारी दिए । सुशासन कायम गर्ने, नैतिक, इमान्दार र अनुशासित भएर लाग्ने गठबन्धनको नीति रहेको बताए । केन्द्रबाट पार्टीको घोषणापत्र प्राप्त गरेसँगै जिल्लाका एजेण्डाहरु समेटिएको गठबन्धनको अवधारणा सार्वजानिक गर्ने समेत बताए ।

    नेपाली काग्रेसका जिल्ला सभापति समेत रहेका प्रदेश सभा उम्मेदवार तिर्थ लामाले प्रविधिमैत्री समयको विकास भएको र त्यसकै प्रभावमा निर्वाचन हुने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए । आफ्नो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार सूर्यमान दोङ स्वास्थ्य समस्याका कारण स्वास्थ्यलाभ गरिरहनुभएको र दोङको मंसिर ४ अघि सम्म नै मतदाता माझ उपस्थिति नरहेपनि प्रदेश उम्मेदवारहरुको प्रयासबाटै विजयी गराउने दावी गरे ।

    नेकपा माओवादीबाट प्रतिनिधि सभा १ प्रदेश क का उम्मेदवार रत्न ढकालले संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास र समृद्धिको लागि लोकतान्त्रिक–बाम गठबन्धन भएको जानकारी दिए । सामाजिक संजालमा देखिएका विज्ञापन बारे जिज्ञासा राख्दै ढकालले क्षेत्र नं १ मा पनि विभिन्न महत्वका योजनाहरु संचालन भइरहेको जानकारी दिए । प्रादेशिक विश्व विद्यालय संचालन, मल उत्पादन कारखाना संचालन, सुनकोशी जलासय, हिलेजलजले जलासय, दोलखा ,सिन्धुपाल्चोक, काभ्रेको महाभारत खानीखोला हुँदै प्रदेश राजधानी हेटौंडा जोडने सडक निर्माण लगायतका कामको शुरुवात भएको जानकारी दिए । संसदको नाताले थुप्रै योजनाहरु संचालन शुरुवात गरेका जानकारी दिदैं आफ्नो गाउँ र क्षेत्र निर्माण गरेर मात्र जिल्ला विकसित हुने बताउँदै ढकालले विकासका सम्पूर्ण पूर्वाधारका क्षेत्रहरु विकासका कार्य भइरहेका र यसलाई निरन्तरता दिइरहने उनको भनाई थियो ।

    नेकपा एकीकृत समाजवादी तर्फबाट प्रदेशसभा उम्मेदवार लक्ष्मण लम्सालले गठबन्धन मुलुकको आवश्यकता भएको बताउँदै आफ्नो जनता प्रति गरेको वचाप्रति तत्कालिन एमाले पार्टी र नेतृत्वको हैसियत विमुख भए पछि लोकतान्त्रिक–बाम गठबन्धनको आवश्यकता परेको उल्लेख गरे ।

    बाटो सांसद आफूले बनाउँदै हिडने होइन तर यो बाटो मैले बनाएँ, यो खोला मैले थुँने भन्ने जस्ता प्रचार गरेर प्र्रचारको मानक बनाउन खोजिएको भन्दै आलोचना गरे । प्रदेशका तर्फबाट भएका कार्यलाई छायाँ पार्दै मिडियाबाजी गरेर अनावश्यक प्रचार गरेको आरोप लगाए । लम्सालले पूर्व मन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटालाई महादेवको संज्ञा दिँदै प्रदेश सभाको बजेटले पूर्वाधार निर्माण भइरहँदा पनि यो बजेट व्यवस्था भइसक्यो मैंले गरे भन्ने जस्ता कु–प्रचार गरेको भन्दै ‘माहादेव आउनुहुन्छ र पानी पारिदिनुहुन्छ’ भन्ने मानक चिन्तन राम्रो नभएको बताए । प्रदेश सरकारको तर्फबाट खानेपानी, सडक लगायतका विषयमा उल्लेखनीय काम भए पनि महादेव बन्नेहरुको अनावश्यक चर्चाले सर्वसाधरणलाई भ्रममा पारेको उनको भनाई थियो । ‘प्रदेश सरकारसँग हामीले पहल गरेर ल्याएको योजनाहरु समेत मैले गरेको भन्दै हिंडेका छन् । यो पनि मैले, त्यो पनि मैले गरेको भन्दै भ्रम फैलाउने काम ‘महादेव’ले गर्दै हिंडेका छन् ।’ लम्सालले भने, ‘४-५ वटा मिडिया जम्मा पार्नुहुन्छ र भगवान ‘महादेव’ प्रकट भए जसरी पानी बर्षाउन थाल्नुहुन्छ ।’

    कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश सभा ख तर्फका उम्मेदवार कञ्चनचन्द्रवादे तथा गठबन्धनदल भित्रका समानुपातिक उम्मेदवारहरु मिना तामाङ, सुरकृष्ण बैद्य, लक्ष्मी दनुवार, भोला अर्याल, कल्पना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा नेपाली काँग्रेसका उप–सभापति रमेश हुमागाई, नेकपा माओवादी केन्द्रका नेतृ रुकु चौंलागाई , नेकपा एकिकृत समाजवादी नेता टोक बहादुर वाइवा, समाजवादी पार्टी नेता अक्कल ब थिङ, लगायतले गठबन्धनको औचित्य तथा जिल्लाको राजनीतिक अवस्थाबारे प्रकाश पारेका थिए ।

    प्रतिक्रिया दिनुहोस