२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

केएफसीको चौधौ शाखा बुटवलमा

  • २०७९ भाद्र १८, शनिबार मा प्रकाशित १ साल अघि
  • २७६ पाठक संख्या
  • अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा चौधौ शाखा बिस्तार गरेको छ ।

    बुटवल उपमहानगरपालिका वडा नं ८, सुख्खा नगर स्थित भाट–भटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको के.एफ.सी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा के.एफ.सि.का बिभिन्न चिकेन परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।

     

    के.एफ.सी.ले आफ्ना गा्रहकका लागि विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागि विश्वस्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ । जसका लागि ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ ।

    के.एफ.सी.का कर्मचारीहरुले हरेक गा्रहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् । हरेक गा्रहक बिच ६ फिटको सामाजिक दुरी कायमगर्दै रेस्टुरामाआउनेग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ । १८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरुले सेवालिन सक्नेछन् । रेटुरेन्टले हाल विहान १० बजे बाट रातका १० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै भोज डिल मार्फत डेलिभरी सेवामार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जालिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस