२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बनेपामा पहिलो पटक म्युजिक फेस्टिभल हुँदै

  • २०७९ भाद्र १३, सोमबार मा प्रकाशित १ साल अघि
  • ५१३ पाठक संख्या
  • मञ्जुश्री फाउण्डेशनको आयोजनामा बनेपामा पहिलो पटक “बनेपा म्युजिक फेस्टिभल“ हुने भएको छ ।

    फर्मस कर्पोरेशनको सहयोगमा आगामी भदौ १८ गते बनेपाको लायकुमा हुने म्युजिक फेस्टिभलमा स्थानीय म्युजिकल ब्याण्डसँगै राष्ट्रियस्तरका म्युजिकल ब्याण्डहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    उक्त फेस्टिभलमा “द एड्ज ब्याण्ड“, “द अल्केमिस्ट“, “ए.एस.एम.“ र “फन्क फु“ लगाएतका म्युजिकल ब्याण्डको प्रस्तुति रहनेछ ।

    बनेपामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने र बनेपाको लायकु दरबारको व्यवस्थित रूपमा सदूपयोग गर्न सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको फेस्टिभलमा करीब २ हजार श्रोताहरूको सहभागी रहने अपेक्षा लिएको आयोजकले बताए ।

    स्थानीय क्षेत्रमा प्रोजेक्ट गरिरहेका युवाहरूलाई उर्जा भर्न समेत सहयोग पुग्ने अपेक्षा लिएर गर्न लागिएको फेस्टिभलका लागि सहभागी हुन इच्छुकले टिकेट संसारबाट आफ्नो टिकेट बुकिङ्ग गर्न सक्नेछ ।

    बनेपा म्युजिक फेस्टिभल आगामी भदौ १८ गते शनिवार दिउँसो १ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस