२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बनेपामा भू माफियाको फर्जी चलखेल : लालपुर्जा छ, जग्गा पनि छैन्, मालपोतको ढड्डामा पनि छैन

  • २०७९ श्रावण ३, मंगलबार मा प्रकाशित २ साल अघि
  • ३३२५ पाठक संख्या
  • एक व्यक्तीले खाई नखाई गरेर जग्गा किन्यो, पैसा दियो अनि मालपोतमै गएर जग्गा पास गर्यो । पास गरेपछि लालपुर्जा पनि लियो । केहि समय पछि थाहा पायो आफ्नो लालपुर्जामा ठेगाना गलत भएछ । जव मालपोतमा गएर लालपुर्जा सच्याउन खोज्यो उसको जग्गा ढड्डामै थिएन । त्यसपछि उसले थाहा पायो उसको हातमा भएको लालपुर्जा नक्कली हो भनेर ।

    यो घटना सँगै बनेपामा फर्जी कागजपत्र बनाएर जग्गा पास हुने गरेको तथ्य खुलेको छ । धादिङको जिवनपुर ५ घर भई हाल बनेपा ९ नयाँ बस्ती बस्ने रबिप्रसाद रेग्मी सहित ठुलो गिरोहले फर्जी डकुमेन्ट बनाएर जग्गा पास गरिदिने गरेको खुलेको हो । प्रहरीले रेग्मी सहित फोटोकपी मेसिन, सयौं लालपुर्जा समेत जफत गरेको छ । यसमा मालपोतका कर्मचारी र लेखनदास समेतको मिलेमतो रहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले रेग्मी सहित मालपोत कार्यालयका कर्मचारीहरु रामबिनय यादव र ससित भण्डारीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले रेग्मीलाई पक्राउ गरी अनुसन्धान भईरेको पुष्टि गरेपनि थप कुराहरुमा अनुसन्धान नभई सबै कुरा खुलाउन नसक्ने जानकारी दिए । ‘हामी अनुसन्धानमा छौं, थप व्यक्तिहरुका बारेमा अनुसन्धान गर्नुपर्ने भएकोले अहिले यतिमात्र भन्न  सक्छुफर्जि डकुमेन्ट बनाएको र ठगि भएको हो अरु थप अनुसन्धानबाट खुल्नेछ ।’ प्रहरी प्रमुख जोशीले भने ।

    सूचना अनुसार बनेपाको ७६ बटा कित्ता भएको प्लानिङको जग्गा देखाएर फर्जि कागजपत्र बनाएर जग्गा पास गरेको भन्ने छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म चार जना व्यक्तीहरुले आफुहरु ठगिएको भन्दै उजुरीमा आएको जनाएको छ । उजुरी अनुसार चार जनाको १ करोड १० लाख रुपैया ठगि भएको अनुसन्धानमा खुलेको छ । अन्य कति जना पिडित हुन भन्ने अझै यकिन नभएको प्रहरीको भनाई छ । श्रोतका अनुसार लेखापढिको काममा सिता थापा र राजन थापाको मिलेमतो रहेको र उनीहरु मोवाईल अफ गरेर परार रहेको जानकारी प्राप्त भएको छ ।

    अनुसन्धानका क्रममा रहेकोले थप बिबरण प्राप्त भएको छैन् । थप बिवरण प्राप्त भएपछि विस्तृत रुपमा समाचार बनाउनेछौं ।

    प्रतिक्रिया दिनुहोस