२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विभिन्न मुद्दामा फरार रहेका काभ्रेका तीन प्रतिवादी पक्राउ

  • २०७९ अषाढ २२, बुधबार मा प्रकाशित २ साल अघि
  • २६८ पाठक संख्या
  • विभिन्न मुद्दामा फरार रहेका काभ्रेका तीन प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।

    सवारी ज्यान मुद्दामा फरार रहेका बनेपा नगरपालिका वडा नं ६ का ३९ वर्षीय राम प्रसाद दाहाल, भुम्लु गाउँपालिका वडा नं २ सिमथलीका २९ वर्षीय विक्रम खड्का र मण्डनदेउपुर नगरपालिका वडा नं ८ का ५९ वर्षीय हर्क बहादुर राई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको डिएस्पी हरि खतिवडाले जानकारी दिए । पक्राउ परेका मध्ये दाहाललाई १६ वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    सवारी ज्यान मुद्दामा फरार रहेका दाहाललाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०६३ साल पौष १६ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका दाहाललाई १६ वर्षपछि बनेपा नगरपालिका वडा नं ६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी खतिवडाले जानकारी दिए ।

    त्यस्तै कुटपिट तथा अंगभंग मुद्दामा फरार रहेका भुम्लु गाउँपालिका वडा नं २ सिमथलीका २९ वर्षीय विक्रम खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिट तथा अंगभंग मुद्दामा फरार रहेका खड्कालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७८ साल वैशाख १३ गते सजायको फैसाल सुनाएको थियो ।

    त्यस्तै कुटपिट मुद्दामा फरार रहेका अर्का प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका वडा नं ८ का ५९ वर्षीय हर्क बहादुर राई रहेका छन् । उनलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०६६ साल असार २४ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलाको १३ बर्ष पछि फरार रहेका राईलाई प्रहरीले आज पक्राउ गरेको थियो ।

    उनका अनुसार विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस