२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

काभ्रेको पनौतीमा कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जिते

  • २०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३५४ पाठक संख्या
  • एमालेको बलियो प्रभाव मानिने काभ्रेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार राम शरण भण्डारी विजयी भएका छन् ।

    भण्डारीले एमालेका मेयर उम्मेदवार भीम न्यौपानेलाई २ हजार २६७ मत अन्तरले हराए ।

    कुल कसेको मतमा भण्डारीले १४ हजार ५० र न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गरे ।

    यस्तै, उपमेयरमा भने नेकपा एमालेकी गीता बन्जारा विजयी भइन् । बन्जाराले नेकपा एकीकृत समाजवादीका छविलाल हुमागाईंलाई पराजित गरिन् । बन्जाराले १२ हजार ३३७ मत प्राप्त गरिन् भने हुमागाईंको पक्षमा १० हजार ३८८ मत पर्यो ।

    नेपाली कांग्रेसले १, ५, ९ र १० गरी चार वटा वडा जितेको छ । एमालेले २, ३, ४, ६, ७, ८ र ११ गरी सातवटा वडा जितेको छ । १२ नम्बर वडा नेकपा एकीकृत समाजवादीले जितेको छ ।

    प्रतिक्रिया दिनुहोस