२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ काभ्रेको अध्यक्षमा आचार्य

  • २०७७ माघ २४, शनिबार मा प्रकाशित ३ साल अघि
  • ९२८ पाठक संख्या
  • नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा काभ्रेको छैठौं वार्षिक साधारण सभा एवं पाँचौ जिल्ला अधिवेशन शनिवार काभ्रेको बनेपामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णराम कार्कीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ केन्द्रीय समितिका अध्यक्ष महनहरी बस्यालले गरेका थिए।

    कार्यक्रमका अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रिय उपाध्यक्ष कृष्णचन्द्र पौडेल, उप–महासचिव श्री रामदेव पाण्डे, समता शैक्षिक गुठिका अध्यक्ष दिपक सञ्जेल,काभ्रे उद्योग बाणिज्य संघ महासचिव कैलाश पलाञ्चोके, पनौती उद्योग बाणिज्य संघ अध्यक्ष भोला थापा, नेपाल पत्रकार महासंघ, काभ्रे का जिल्ला अध्यक्ष मोतिराम तिमल्सिना, प्याव्सन काभ्रे का जिल्ला अध्यक्ष पूर्ण कुमार श्रेष्ठ, पुस्तक प्रकाशक तथा वितरक संघका महासचिव केशव प्रसाद पराजुली, मसलन्द तथा शैक्षिक सामग्री उत्पादक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष हरी भण्डारी, नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ वागमति प्रदेशका अध्यक्ष किरण कुमार खनाल,  उपाध्यक्ष रमेश ढुंगेल, चितवन जिल्ला निवर्तमान अध्यक्ष राजेन्द्र तिवारी, काठमाण्डौ जिल्ला अध्यक्ष महेश शर्मा र काभ्रे जिल्ला शाखाका द्वितिय उपाध्यक्ष भिम प्रसाद आचार्य लगाएतले आ–आफ्नो मन्तब्य राखेका थिए ।

    साधारणसभाकै क्रममा कार्यक्रमका अध्यक्ष कृष्णराम कार्कीले समता शैक्षिक गुठी सञ्चालनका लागि रु ५०,०००।– गुठीका अध्यक्ष दिपक संञ्जेल लाई हस्तान्तरण गरेका थिए ।

    नयाँ अध्यक्षमा भिमप्रसाद आचार्य चयन

    पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ काभ्रेको पाँचौ जिल्ला धिवेशनले भिम प्रसाद आचार्यको नेतृत्वमा १५ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ ।

    यस्तै कार्यसमितिको उपाध्यक्षद्वयमा हरीप्रसाद धिताल र रामकुमार आचार्य, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमश राजन श्रेष्ठ, जीवन कुमार श्रेष्ठ, युवराज प्याकुरेल रहेका छन् । त्यस्तै सदस्यहरुमा बच्चु प्रसाद सापकोटा, विरवल पराजुली, अनिता थापा, रोशन कुमार श्रेष्ठ, महेश मानन्धर, शरण ढकाल, शालिकराम घिमिरे र श्रीहरी अधिकारी रहेका छन् ।

    त्यसैगरी लेखा समिति समितिका संयोजकमा बिष्णु प्रसाद न्यौपाने, र सदस्यमा सचिनानन्द सापकोटा रहेका छन् । साधारणसभाले केन्द्रीय प्रतिनिधिमा बिष्णु प्रसाद न्यौपाने, रामकुमार आचार्य, सुबिन मानन्धर र कृष्णराम कार्की चयन हुनु भएको छ भने प्रदेस प्रतिनिधिहरुमा कृष्णराम कार्की, रामकुमार आचार्य,, सूर्य नारायण नापित, लक्ष्मी नारायण कोजु, हरि प्रसाद धिताल युवराज प्याकुरेल र जीवन कुमार श्रेष्ठ चयन भएका छन् ।

    प्रतिक्रिया दिनुहोस