२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका समतिएका नेकपा कर्याकर्ताको रिहाइ

  • २०७७ माघ २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १११४ पाठक संख्या
  • प्रचण्ड-नेपाल समूहले गरेको आमहड्तालको क्रममा काभ्रेमा समतिएका ९ जना रिहाई भएका छन ।  आमहड्तालको क्रममा बनेपा, पनौती तथा धुलिखेलबाट समतिएका ९ जना जिल्ला प्रहरी कार्यालयबाट रिहाई भएका हुन । पक्राउ परेका ईश्वर बञ्जारा, रघुनाथ सुवाल, निरबहादुर तामाङ, बसन्त तामाङ, जोगलाल लामा, सुमन लामा र अनिता गुरुङलाई रिहाइ गरेको अनेरास्ववियु काभ्रेका पुर्व सचिव समीप त्रिपाठिले जानकारी दिए । रिहाई भएका कर्याकर्ताहरुलाइ नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईं, सचिव टोकबहादुर वाइबा, नेकपा काभ्रेका नेता हरिशरण दाहाल, अनेरास्ववियुको पुर्व केन्द्रीय उपाध्यक्ष दिपक गौतम, युवा संघका केन्द्रीय सदस्य भेष साह लगायतले स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस