२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

जेष्ठ नागरिकको पालनपोषणमा लाग्ने छोराछोरीलाई रोशीको ‘श्रवणकुमार’ पुरस्कार

  • २०७७ माघ १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • १००३ पाठक संख्या
  • बृद्धबृद्धा भएपछि कतिपय छोराछोरीले आफ्ना आमाबुबालाई हेला गर्ने, राम्रो पालन पोषण नगर्ने जस्ता समस्या समाजमा आउने गरेका छन । कतिपय छोराछोरीले त बृद्धाआश्रममा लगेर छोड्ने, घरबाट निकाल्ने समेत गरेका घट्ना बाहिर आउने गरेका छन । तर गाउँपालिकाले आमाबुबालाई राम्रो पालन पोषण गर्नेलाई पुरस्कार सहित सम्मान गर्न थालेपछि कसले राम्रो पालन पोषण गर्ने र पुरस्कार र सम्मान पाउने भन्ने प्रतिस्प्रर्धा नै सुरु भएको हो ।

    रोशी गाउँपालिकाले आफ्ना बाबु आमाको राम्रो पालन पोषणमा गर्ने छोरा छोरीलाई श्रवण कुमार पुरस्कारबाट सम्मान गरेको छ । पालिकाले प्रत्येक वडाका २/२ जनालाई पुरस्कृत गरेको हो । गाउँपालिका अध्यक्ष डीबी लामा, उपाध्यक्ष लक्ष्मी बर्ताैला, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले नगद पाँच हजार सहित सम्मान पत्र दिएर पुरस्कृत गरेका थिए ।

    आफ्ना आमा/बुबा, हजुरआमा/बुबाको उच्च सम्मानका साथ स्यार सुसार तथा पालन पोषण गर्नेलाई गाउँपालिकाले अघिल्लो बर्षबाट सम्मान गर्दै आएको छ । यो बर्ष श्रवणकुमार सम्मानबाट वडा न १ बाट रुद्रबहादुर भोम्जन र राजु तामाङ, वडा न २ बाट रविन बोहोरा, जालेद बाहादुर थापा, वडा न ३ बाट गंगाबहादुर लामा र काजिमान लामा, वडा न ४ बाट वेनी बहादुर मगर, केजकुमारी मगर, वडा न ५ बाट प्रदिप लामा, सलामसि लामा, वडा न ६ बाट नारायणप्रसाद मैनाली, अभिषेक मुक्तान, वडा न ७ बाट उमेश गौतम र गोविन्द गौतम, वडा न ८ बाट गुणराज तम्सी मगर, सरीता तामाङ, वडा न ९ बाट चतुरमान विश्वकर्मा, कृष्णबहादुर पहरी, वडा न १० बाट साहिली तामाङनी, दीपक मैनाली, वडा न ११ बाट अन्जना भुजेल, लालकुमारी हायु, वडा न १२ बाट श्रीमान थिङ र प्रताप रायमाझी पुरस्कृत भएका थिए ।

    जेष्ठ नागरिकलाई छोराछोरीले राम्रो पालन पोषण गर्न उत्प्रेरणा जागाउन गाउँपालिकाले श्रवण कुमार पुरस्कार दिने नीति लिएको गाउँपालिका अध्यक्ष डिबी लामाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस