२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

खाजाको पैसा कटाएर मृगौला पीडित सुदिपलाई सहयोग

  • २०७७ माघ १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • ५६४ पाठक संख्या
  • नमोबुद्ध नगरपालिका वडा नं २ भकुण्डेबेशीमा रहेको ग्रामीण पाठशाला एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीहरुले आफनो खाजा खर्च कटाएर मृगौला पीडितलाई सहयोग गरेका छन् ।

    उनीहरुले दिवा खाजाको लागि ल्याएको पैसा जम्मा गरि नमोबुद्ध नगरपालिका वडा नं २ पात्लेगाउँका १५ वर्षीय मृगौला पीडित सुदिप तामाङलाई आर्थिक सहयोग गरेको विद्यालयका शिक्षक विवेक तामाङले जानकारी दिए ।

    खाजा खर्चबाट जम्मा पारेको रु ३ हजार १ सय ६० विद्यार्थीहरुले आफ्नै हातबाट पीडितका हजुरबुबा टेक बहादुर तामाङलाई विद्यालय प्राङगणमा हस्तान्तरण गरेका छन ।
    मृगौला पीडित तामाङको सिघ्र स्वाथय लाभको कामना सहित सहयोगी हातहरुलाई सहयोगको लागि मिडियाचोक डटकम हार्दिक अनुरोध गर्दछ ।

    प्रतिक्रिया दिनुहोस