२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा पहिलो चरणमा तीन हजार पाँच सय एकासीलाई कोरोना खोप

  • २०७७ माघ ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • ९७६ पाठक संख्या
  • कोरोना सङ्क्रमणको बिरुद्धमा अग्रभागमा रहेर काम गर्ने काभ्रेका ३ हजार पाँच सय एकासीलाई कोरोना खोप लगाईने भएको छ ।

    स्वास्थ्य कार्यालय काभ्रेमा आइतवार पत्रकार सम्मेलनमा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले काभ्रेमा ७ सय ४९ जना सरकारी स्वास्थ्यकर्मी, १ हजार ३ सय ६८ जना नीजि क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, ९ सय ५५ जना महिला स्वास्थ्य स्वयम्सेविका, १ सय ११ जना नगरपालिकामा कार्यरत सरसफाईकर्मीलाई खोप लगाइनेछ । यसैगरी २ सय २८ जना नीजि क्षेत्रमा काम गर्ने सरसफाईकर्मी, ४४ जना जिल्लामा रहेका एम्बुलेन्स चालक र १ सय २८ जना शव ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालका सुरक्षा गार्डलाई खोप लगाउने जानकारी दिए ।

    काभ्रेका १३ स्थानीय तहमध्ये बनेपा, पनौती, धुलिखेल, पाँचाखाल, मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, चौरीदेउराली, भुम्लु, र खानीखोला गाउँपालिकामा अग्रभागमा रहेर काम गर्ने व्यक्तिहरुलाई धुलिखेल अस्पताल र नकोबुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिकाका मेथिनकोट प्रादेशिक अस्पतालमा खोप लगाइन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले काभ्रेको पाँचखाल र खोपासी प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि खोप लगाउन सिफारिस माग गरेको भएपनि संघ सरकारले धुलिखेल अस्पताल र प्रदेश स्तरीय मेथिनकोट अस्पतालाई मात्र मान्यता दिएको थियो ।

    भारत सरकारले केहि दिन अघि नेपाल सरकारलाई कोरोना बिरुद्धको ‘कोभिसिल्ड’ भ्याक्सिन उपलब्ध गराएको थियो । संघ सरकार सँगै प्रदेश र जिल्लामा माघ १४ गतेबाट खोप लगाइने जिल्ला स्वास्थ्य प्रमुख डा. झाले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस