२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चौंरीदेउरालीको ३ नं वडामै खाता खोल्ने सुविधा

  • २०७७ माघ ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • १०२१ पाठक संख्या
  • बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सरकारको योजना अनुसार सबै स्थानीय तहहरुले लाभग्राहीको बैंक खाता खोल्न आव्हान गरेपनि धेरै कठीनाइहरु व्यहोर्न बाध्य भएका छन् । एकातिर कागजी प्रक्रिया मिलाउन गाह्रो भएको छ भने अर्को तिर बैंकको कार्यालय टाढा भएपछि समस्या ब्यहोर्न बाध्य छन् ।

    तर काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ३, माझीफेदाले भने वडा कार्यालयमै खाता खोल्ने वातावरण बनाएको छ । एनसीसी बैंक, कात्तिके देउराली शाखासँग समन्वय गरेर वडामै खाता खोल्ने वातावरण तयार पारेको वडा अध्यक्ष विनोद घिसिङले जानकारी दिए ।

    पूर्ण अपांग, अपांग, जेष्ठ नागरिक, एकल महिलालाई वडाबाट बैंकको कार्यालय पुग्न हिंडेर कम्तीमा ३ घण्टा लाग्ने भएपछि बैंक मार्फत सामाजिक सुरक्षा भत्ता दिन ग्रामिण क्षेत्रमा कठिन भएको वडा अध्यक्ष घिसिङले बताए । ३ नं. वडामा सामाजिक सुरक्षा भत्ताका लाभग्राही ३ सय ८६ जना रहेको वडा अध्यक्ष घिसिङले जानकारी दिए ।

    वडा कार्यालयमै खाता खोल्न पाएपछि स्थानीय वृद्धवृद्धा खुशी भएका छन् ।

    बैंक खाता सञ्चालन गर्ने कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईं, वडा सदस्य भोजबहादुर गौतम, वडा सचिव सुमान राजथला, बैंक प्रतिनिधि सञ्जीव लामा, राष्ट्रिय परिचयपत्र तथा पंजिकरण इकाइ, चौंरीदेउराली गाउँपालिका एमआइएस अपरेटर अनिल तामाङ लगायतका सहभागी रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस