२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अपाङ्गता भएका ब्यक्तिहरुको समावेशिता, पहुँच र सशक्तिकरणबारे पत्रकारसँग छलफल

  • २०७७ माघ ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ८२० पाठक संख्या
  • अपाङ्गता भएका ब्यक्तिहरुको समावेशिता, पहुँच र सशक्तिकरणमा संचारमाध्यमको भूमिकाका बारेमा जिल्लाका संचारकर्मीहरुसँग नेपाल अपाङ्ग महिला संघ काभ्रेले जिल्लाका संचारकर्मीहरुसँग छलफल गरेको छ ।

    छलफलमा संचारमाध्यममा प्रयोग हुने भाषा, संचारकर्मीहरुले लेख्ने र बोल्ने शब्द तथा अपाङ्गता भएका महिलाहरुको अधिकारका लागि संचारमाध्यमहरुको भूमिकाका बारेमा जानकारी गराइएको थियो । केन्द्रिय महासचिव मिना पौडेलले अपाङ्गता ब्यक्तिहरुको अधिकारसम्वन्धी कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

    छलफलमा अपाङ्गता भएका महिलाहरुले भोग्नु परेका समस्याका बारेमा केन्द्रीय महासचिव पौडेल, अधिकारकर्मी कृष्णप्यारी नकर्मी, जिल्ला अध्यक्ष शर्मिला मानन्धर, जिल्ला महासचिव पम्फा पुर्कोटीले जानकारी दिए । स्थानीय तहबाट अपाङ्गता भएका ब्यक्तिहरुको परिचयपत्र वितरण गर्ने समयमा कार्यविधि र भोगाई फरक फरक हुँदा असहज भएको सहभागिहरुले बताएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले अपाङ्गता भएका महिलाहरु घरबाटै हिंसा र जोखिममा पर्ने गरेको, अधिकार स्थापनाका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुले नीतिगत निर्णय गरी कार्यान्वयन गर्नु पर्ने बताए ।

    नेपाल अपाङ्ग महिला संघ काभ्रेले युएसआईडीको सहयोगमा जिल्लाका ६ वटा नगरपालिका तथा बेथान्चोक र रोशी गाउँपालिकामा अधिकारका लागि अभियान कार्यक्रम शुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस