२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दोलालघाटको पुरानो क्लब दुलालेश्वरको अध्यक्षमा पुनः अष्ट

  • २०७७ माघ १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ९७१ पाठक संख्या
  • दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबको २६ औ बार्षिक साधारण सभाबाट पुनः अष्टबहादुर श्रेष्ठ चयन भएका छन् ।

    गत शनिबार दोलाघाटमा सम्पन्न भएको साधाराण सभाले पुनः श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । क्लबको उपाध्यक्षमा बुद्धमान लामा, सचिव विशाल श्रेष्ठ कोषाध्यक्ष सुन्दर श्रेष्ठ सह–सचिब कृष्णकाजी श्रेष्ठ, सदस्यहरुमा जाल बहादुर श्रेष्ठ, अच्युत नारायण श्रेष्ठ, सुमन खरेल, सुजन श्रेष्ठ, भरत प्रसाद पराजुली, शिव श्रेष्ठ चयन भएका छन् । त्यस्तै लेखा समिति संयोजकमा दिलिप श्रेष्ठ सदस्यमा सत्यनारायण श्रेष्ठ र विकास लामा चयन भएका छन् ।

    यो बर्ष ३३ लाख ८६ हजार ७ सय ८० रुपैयाको कारोबार गरेको थियो ।

    क्लबको माध्यमबाट लगानी सहितको बिकास भन्ने मुलनारा सहित दोलालघाटमा पर्यटन बिकासको लागि रिजोर्ट तथा विभिन्न पर्यटन पूर्वाधार लागि एउटा सशक्त योजना बनाई अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । बेरोजगार युवाहरुलाई रोजगारिको सिर्जना समेत हुने र दोलालघाटको समेत पर्यटन बिकासलाई टेवा पुग्ने गरि लक्ष्य रहेकोले यस योजनालाई सफल बनाउनको लागि सम्पुर्ण दोलालघाट तथा भुम्लु गाउँपालिका बासीहरुलाई क्लबले सहयोगको अपील गरेको छ ।

    खुल्ला रुपमा शेयर बिक्री गरिने र प्राथमिकता एबम दक्षताको आधारमा प्रायः स्थानीय युवाहरूलाई रोजगारिता र नाम अनुसारको पर्यटन सुबिधा नभएको कारण दोलालघाटको महिमा घट्दै गएको तथा पर्यटकको आगमनमा समेत कमि आएको हुँदा आफ्नो ठाउँको अस्तित्व जोगाउनको लागि साझा र सामुदायिक योजना ल्याइएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

    क्लबले हाल एम्बुलेन्स सेवा, दैनिक फोहोर सन्कलन तथा ब्यबस्थापन, फोहोर ब्यबस्थापनको लागि गाडी खरिद, दोलालघाट तथा आसपासका क्षेत्रमा करिब २४० वटा सडक बत्ती बिस्तार, जिम हल सन्चालन, सार्वजनिक शौचालय सन्चालन, अर्धमासिक रुपमा पुल सरसफाई, खेलकुदको आयोजना, दुलालेश्वर माविमा बार्षिक १ लाख २० हजारको को छात्रवृत्ति कार्यक्रम, चेतनामुलक कार्यक्रम, वार्षिक आँखा शिबिर, स्वास्थ्य शिबिर, रक्तदान कार्यक्रम, तिज तथा विविध संस्कृति जोगाउने कार्यक्रमको आयोजना, दोलालघाटको महिमा बढाउन महोत्सव कार्यक्रमको आयोजना, बजार व्यबस्थापन लगायतका कार्य गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस