२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नमोबुद्धमा यसै बर्ष थप ५ वटा वडा कार्यालय भवन निर्माण हुने

  • २०७७ माघ १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ६०३ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकामा चालु आर्थिक बर्षभित्र थप ५ वडा वडा कार्यालय भवन निर्माण हुने भएका छन् ।

    वडा कार्यालय निर्माणका लागि नगरपालिकाले निर्माण व्यवसायीसँग सम्झौता गरिसकेको छ । नयाँ निर्माण हुने पाँचवटा भवनमध्ये चारवटा भवनका लागि सम्झौता सम्पन्न भइसकेको छ । वडा नं २, ७, ९ र १० को भवन निर्माणका लागि सम्झौता सम्पन्न भएको हो । वडा नं ८ को भवन निर्माणको सम्झौता हुन बाँकी छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र भवन निर्माणका लागि ठेक्का प्राप्त निर्माण व्यवसायी कम्पनीका प्रतिनिधिबीच सम्झौता भएसँगै अव वडा कार्यालय निर्माणको कामले तीब्रता पाउने नगरपालिकाले जनाएको छ । ठेक्का सम्झौता गर्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले कार्ययोजनाअनुसार तोकिएको समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

    वडा नं २ का लगि ४० लाख ७४ हजार ५ सय ७१, ७ का लागि ४० लाख ८७ हजार ६ सय ८५, ९ का लागि ४१ लाख ४४ हजार २ सय २३ र १० का लागि ४३ लाख २६ हजार ९ सय ७० रुपैयाँमा (भ्याटबाहेक) ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ । यसअघि निर्माण सुरु भएका वडा नं ३, ६ र ११ का कार्यालय भवन निर्माणको कामसमेत यसै आर्थिक बर्षभित्र सकिनेछ । बाँकी वडाका लागि आगामी आर्थिक बर्षभित्र भवन निर्माण गर्ने लक्ष्य राखिएको नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिए ।

    नगरपालिकाका सबै वडामा एउटै डिजाइनको भवन निर्माण हुने इन्जिनियर उज्ज्वल अर्यालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस