२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रे काँग्रेसको आफ्नै पार्टी कार्यालय भवन बन्दै, सहयोगको लागि अपील

  • २०७७ पौष २९, बुधबार मा प्रकाशित ३ साल अघि
  • ८६० पाठक संख्या
  • नेपाली काँग्रेस काभ्रेको पार्टी कार्यालय  भवन निर्माण भैइरहेको छ । आज बुधवार भवनको चौथो ढलान सकिएको छ ।

    करिब २ करोड लागतमा निर्माण हुने भवन ४ तलाको बन्ने जिल्ला सभापति मधु आचार्यले जानकारी दिए । आचार्यको नेतृत्वको जिल्ला कार्यसमितिको अगुवाईमा भवन निर्माणको काम थमाथम भईरहेको छ ।

    बनेपा नगरपालिका वडा नं ७ मा बन्दै गरेको भवन निर्माणको लागि काँग्रेसले सहयोगको आह्वान समेत गरेको छ । ‘सहयोगको लागि सबै लोकतन्त्र प्रेमीहरुलाई हार्दिक अपील गर्दछु,काभ्रेका पार्टी सभापति आचार्यले भने ।

    तस्वीर : नेपाली काँग्रेस काभ्रेका कार्यालय सचिव विनोद तिमल्सिनाको फेसबुकबाट

    प्रतिक्रिया दिनुहोस