२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

पाँचखाल दुर्घटना : अरनिकोको बाहेकका यातायत चल्न दिने

  • २०७७ पौष २९, बुधबार मा प्रकाशित ३ साल अघि
  • १९६९ पाठक संख्या
  • पाँचखाल नगरपालिकाको दुलालथोकमा बसको ठक्करबाट मृत्यु भएका पाँचखाल नगरपालिका ३ का २५ बर्षिय दिवाकर भुजेलका आफन्त तथा स्थानीयले अवरुद्ध सडक खुलाएका छन् ।

    उनीहरुले अरनिको यातायात बाहेक अन्य यातायात चल्न दिएका छन् । हिजो मंगलवार अबेर भएको बार्तामा पूर्व अरनिको यातायात प्रालि र पीडित पक्षविच बार्ता नमिलेपछि अरनिको यातायातलाई स्थानीयले रोकेका छन् ।

    हिजो सिन्धुपाल्चोकको जलबिरेबाट काठमाडौंबाट आउँदै गरेको बा २ ख ६६०२ नंम्बरको बसले बा ६ प ७८३४ मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार भुजेलको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस