२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

हिमाल ग्यासमा सिलिण्डर पड्किदा ३ जना घाईते (अपडेट)

  • २०७७ पौष २४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • १०९२ पाठक संख्या
  • काभ्रेको बनेपा नगरपालिका वडा नम्बर–१३ स्थित गौरीशंकर ग्यास उद्योग(हिमाल)मा ग्यास सिलिन्डर पड्किदा ३ जना घाईते भएका छन् ।

    ग्यास लिक भएको सिलिण्डरबाट रिजर्भ राख्ने ९ सय ८० किलोको ट्याङ्कीमा ग्यास खन्याउने क्रममा ट्याङ्की पड्किएको इलाका इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

    प्रहरी निरीक्षक तिमल्सिनाका अनुसार ग्यासको ट्याङकी पड्कदा ती जना घाईते भएका छन् । घाइते मध्ये बर्ष ५५ का लोकबहादुर खड्का गम्भिर घाईते भएका छन् भने ४७ बर्षका साईला भुजेल र ४२ बर्षका कुमार भुजेल घाईते भएका छन् । उनीहरुको बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचार भएरहेको छ ।

    प्रतिक्रिया दिनुहोस