२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अमेरिकी संसदमा ट्रम्प समर्थकको उपद्रो

  • २०७७ पौष २३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १३६७ पाठक संख्या
  • बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रदर्शनमा उत्रिए ।

    प्रदर्शनकारीहरु बलपूर्वक बैठक हलमा प्रवेश गर्न खोजे । सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बन्यो । प्रहरीले गोली चलायो । गोली लागेर घाइते भएकी एक महिलाको निधन भयो । थप तीन जनाको मृत्यु भएको वासिङटनका मेयरले जानकारी दिएका छन् ।

    पछिल्लो अवस्था

    क्यापिटोल हिल (अमेरिकी संसद) मा हिंसात्मक प्रदर्शन भएसँगै बिहीबार बिहानसम्मका लागि कफ्र्यू घोषणा गरिएको छ । वासिङटन डीसीमा १५ दिनका लागि आपतकाल घोषणा गरिएको छ ।

    वासिङटन डीसीका मेयर म्युरियल बाउसरले धेरै मानिसहरु हतियारसहित हिंसामा उत्रिएको र उनीहरुले तोडफोठका साथै इँटा, बोतल, बन्दुकको प्रयोग गरेको बताएका छन् । हिंसात्मक गतिविधि अझै जारी रहेको भन्दै उनले वासिङटन डीसीमा १५ दिन सार्वजनिक आपतकाल घोषणा गर्नुपरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस