२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बुडोल सामुदायिक साकोसमा कैलाश केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

  • २०७७ पौष १८, शनिबार मा प्रकाशित ३ साल अघि
  • १२६७ पाठक संख्या
  • बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २१ औं वार्षिक साधारण सभाले आगामी ४ वर्षे कार्यकालको लागि कैलाश के.सी.को अध्यक्षतामा नयाँ संचालक समिति निर्विरोध चयन गरेको छ ।

    संचालक समितिको उपाध्यक्षमा प्रेमनाथ शर्मा कोईराला, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम के.सी. चयन भए । त्यस्तै संचालक सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, प्रकाश भुर्तेल, हरिराम कुईकेल, श्यामचन्द्र श्रेष्ठ, गीता कुँवर क्षेत्री, गायत्री खड्का र अनिला श्रेष्ठ निर्वाचित भए । सभाले लेखा सुपरिवेक्षण समितिमा पूर्णबहादुर कार्कीको संयोजकत्वमा सदस्यहरुमा सन्तोष आचार्य र शर्मिला नेपाललाई निर्विरोध चयन गरेको छ ।

    संस्थाका अध्यक्ष रामहरि के.सी.को सभापतित्वमा होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको भएको साधारणसभामा कोरोना भाइरस संक्रमणको विषम परिस्थितीलाई ध्यानमा राखी साधारण सभामा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, पूर्व संचालक, निवर्तमान संचालक, प्रतिनिधी सदस्यहरु, सल्लाहकार र कर्मचारी लगायत सिमित व्यक्तिहरुको भौतिक उपस्थिती र जुम भिडियो र संस्थाको आधिकारीक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सदस्यहरुको सहभागिताको ब्यवस्था गरिएको थियो । सभा समक्ष संस्थाका सचिव प्रेमनाथ शर्मा कोईरालाले सचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्ष ध्रुबबहादुर भुजेलले कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आ।व।०७७।०७८ र ०७८।०७९ को प्रस्तावित वार्षिक कार्ययोजना तथा बजेट, लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम थापाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    संस्थाका सहसचिव गंगाराम ठकुरीले स्वागत मन्तव्य, कार्यक्रमको संचालन रामकृष्ण राय क्षेत्रीले गरेका थिए । सहकारी विभागबाट सहकारी संस्थाको साधारण सभा गर्न जारी सूचनाको आधारमा सदस्यहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आवश्यक सुरक्षा सतर्कता अपनाई साधारण सभामा नाम दर्ताको लागि सदस्यहरुलाई मिति २०७७ साल पुष ४ गतेदेखि नै उपस्थिती खुल्ला गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस