२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वाग्मती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते बस्ने

  • २०७७ पौष १७, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ६९० पाठक संख्या
  • वाग्मती प्रदेशको प्रदेशसभा बैठक माघ ७ गते बस्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौं अधिवेशन माघ ७ गते दिउँसो ३ बजेका लागि बोलाउन प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पत्राचार गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।

    मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दल नेकपाको दाहाल–नेपाल समूहबाट प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको सातौं अधिवेशनको विषय अन्योलमा परेको थियो । बजेट अधिवेशन सकिएसँगै साउन ८ गते प्रदेशसभाको छैटौं अधिवेशन स्थगित गरिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुले पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले मुख्यमन्त्री पौडेलले लामो समयदेखि प्रदेशसभाको बैठक बोलाएका थिएनन् ।

    कानुनी व्यवस्थाअनुसार एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गर्नुपर्ने बाध्यताअनुसार बैठक बोलाइएको हो ।

    प्रतिक्रिया दिनुहोस