२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

प्रचण्डले छलछाम र षड्यन्त्रको गरे : पोखरेल

  • २०७७ पौष १६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ६२० पाठक संख्या
  • नेकपा नेता एवं उपप्रधान मन्त्री इश्वर पोखरेलले पुष्पकमल दाहालले एकता पछि जहिल्यै छलछाम र षढयन्त्रको तानाबुना बुनेको आरोप लगाए । प्रचण्डले एकता देखिनै तानाबाना बुने । उनले भने ‘निर्वाचनताका साझा उम्मेदवार, साझा घोषणा पत्र र साझा निर्वाचन चिन्ह बनाएर जाने निर्णयको मसि नसुक्दै प्रचण्डले चुनाव चिन्ह एउटै हुँदैन भने, –पोखरेलले भने ।

    नेकपा ओली समुहको पुर्वी बागमती जिल्लाका केन्द्रिय सदस्यहरुको धुलिखेलमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले पार्टी एकिकरण प्रस्तावमा हामी खुशी हुँदा प्रचण्डले शुरुमै दाँतमा ढुंगा लगाएको बताए । निर्वाचनमा साझा उम्मेदवार, घोषणा पत्र र उम्मेदवार उठाएर अघि बढेको पार्टी काँग्रेस, मधेशवादी दल र अन्य साना पार्टीसँग मिलेर ५ वर्ष प्रधानमन्त्री बन्ने योजनाका साथ प्रचण्डजीले सम्झौता गर्नु भएको नेता पोखरेलले बताए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डजीको धुत्र्याई थाहा पाएर एकताका लागि २०७४ फागुन ७ गते गठबन्धन टुट्नु हुँदैन भनेर सम्झौता गरेको उनले बताए ।

    काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लाबाट केन्द्रिय सदस्यमा प्रतिनिधित्व गर्ने नेताहरुका साथै संघ र प्रदेश सरकारमा मन्त्री भएका नेताहरु भेलामा सहभागि भएका थिए । नेता आनन्द पोखरेलको अध्यक्षतामा बसेको भेलामा बागमती प्रदेशका पाँचवटा जिल्लाको अवस्था, नेता तथा कार्यकर्ताहरुको संलग्नता र आगामी दिनको रणनीतिका बारेमा कार्ययोजना तयार गरिएको छ ।

    पुर्व मन्त्री एवं केन्द्रिय सदस्य गोकुल बास्कोटाको संचालनमा सम्पन्न भएको भेलामा केन्द्रिय सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल, मन्त्रीहरु पार्वत गुरुङ्ग, दावा तामाङ, बागमती प्रदेशका अथमन्त्री कैलाश ढुंङ्गेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

    पूर्व प्रेस चौतारी निकट पत्रकारहरुको भेला

    बागमती प्रदेशका केन्द्रीय सदस्यहरुको भेला अघि नेकपा निकट पूर्व प्रेस चौतारी निकट पत्रकारहरुको भेला धुलिखेलमा सम्पन्न भएको छ । अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न भेलालाई केन्द्रिय सदस्य एवं गोकुल बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डेले निर्देशन दिएका थिए । नेता बास्कोटाले पार्टीको विधान विपरित पुष्पकमल दाहाल र माधव नेपालले कार्य गरेको आरोप लगाएका थिए । भेलामा पूर्व प्रेस चौतारी निकट ४० भन्दा बढिको सहभागिता रहेको अध्यक्ष रायमाझीेले जानकारी दिए । भेलाले पूर्व प्रेस चौतारीका पत्रकारहरुले केपी ओलीले नेतृत्व गरेको नेकपाकै पक्षमा रहेको घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस