२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गृहमन्त्रीको पिए बनेर नेकपाका नेता अशोक गौतमको ठगी

  • २०७७ पौष १६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १६७० पाठक संख्या
  • रोशी गाउँपालिका वडा नं ७ का नेकपाका नेता अशोक गौतमले विभिन्न घटनामा गृहमन्त्रीको पिए भन्दै सर्वसाधारण ठगेको उनीहरुले बताएका छन् । नेकपाका जिल्ला सदस्य रहेका गौतमका विरुद्ध पीडितहरुले पत्रकारहरुलाई घटनाका बारेमा जानकारी गराएका हुन् ।

    टिपरले मान्छे हानेर प्रहरी हिरासतमा गएका व्यक्ती निकाल्छु भन्दै गरेको ठगी, शिक्षकलाई स्थायी बनाईदिन्छु भन्दै गरेको ठगी तथा लागु औषधमा जेल परेका व्यक्तीलाई निकाल्दिन्छु भन्दै गरेको ठगीका परिवारले बनेपामा पत्रकार सम्मेलननै गरेर सार्वजनिक गरेका हुन् ।

    नेता अशोक गौतम

    घटना नं १ :
    वा ५ क ५३४३ नम्वरको टिपरले भक्तपुरको राधेराधे नजिकै मोटरसाईकललाई ठक्कर दियो । २०७६ बैशाख १५ गते साँझ भएको उक्त घटनामा मोटरसाईकलमा सवार एक ब्यक्तिको निधन भयो । घटनामा साविक कुरुवास, चापाखोरी २ हाल तेमाल गाउँपालिका घर भई रोशी कटुञ्जे बस्ने इन्द्रबहादुर लामाको टिपर रहेको थियो । लामा सँगै टिपरका चालकलाई प्रहरीले समात्यो । इन्द्रबहादुर सहित टिपर चालकलाई ‘अहिले नेकपाको सरकार छ, आत्तिनु पर्दैन, दुई हप्ता भित्र निकाल्छौ’ भन्दै १५ लाख दिए प्रकृयामा लाग्ने भन्दै अशोकले इन्द्रबहादुरको श्रीमती सँग बार्गेनिङ गरे । १५ लाखमाबाट बार्गेनिङ भएको भएपनि १० लाख सम्म दिने सहमति भएको थियो । त्यस बखत अशोकले भनका थिए, गृहमन्त्री बादल र महान्याधिबक्ता अग्नी खरेल सँखै खाने बस्ने गर्छौ, सबैलाई चियापानी खुवानुपर्छ, । १० लाख दिने कुरा भएपछि पहिलो किस्ता बापत ३ लाख दिएको र बाँकी ७ लाख मान्छे निस्कने दिन चाहिन्छ भनेर भनेको इन्द्रबहादरको श्रीमती इन्द्रमाया तामाङले जानकारी दिईन् । गौतमसँगै केहि महिना अघि निधन भएका नेकपाकै नेता उज्वल लामा, माईला भनिने ब्यक्तिले पटक पटक ठगेका थिए । घटनामा संलग्न भनिएका सह चालक मेग लामा र चालक टलक राना मगर जेलमा छन् । सह चालक मेग लामाको सवारी अनुमति पत्र छैन । सोहि समयमा मेग लामाले टिपर चलाएका थिए । तर लाईसेन्स नभएकाले टलकबहादुर मगर पनि सँगै भएकाले उनले चलाएको भन्दै प्रहरीमा बयान दिएको अभियोगमा प्रहरीले झुटो बयान दिएको आरोपमा टिपर मालिक इन्द्रबहादुर लामा सहित तीनै जनालाई पक्राउ गरी थुन्यो । ईन्द्रबहादुर लामालाई अभद्र ब्यवहारमा मुद्दा चलाईएको थियो । पैसा नतिरे पनि उनि २५ दिनमा रिहा हुने थिए । तर उनलाई निकाल्न प्रहरी र प्रशासनलाई पैसा खुवाउनु पर्छ भन्दै नेकपा नेता अशोक गौतम र उज्जवल लामाले ब्लाकमेलिङ्ग गरे । (श्रीमान जेलमा भएको देख्न नसकेर इन्द्रबहादुर लामाको श्रीमतीले पैसा लगेर बुझाएको भिडियो र फोटो सुरक्षित छ ।) क्षतिपुर्ति बापत मृतकका परिवारलाई इन्द्रबहादुर लामाले साँढे १३ लाख रुपैयाँ बुझाई सकेका थिए । कानुन ब्यवसायी सुरज राणाले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा साढु भाई भएकाले मुद्दा मिलाईदिने भन्दै उनै अशोक गौतम र उज्वल लामा मार्फत थप ६५ हजार लिए । इन्द्रबहादुर लामालाई प्रशासनले छाड्ने दिन श्रीमती मार्फत पुनः २ लाख रुपैया बुझिलिए । मेग लामाका बाबु चन्द्रबहादुर लामा मार्फत कसैलाई नभन्ने शर्तमा अशोक गौतमले घरमै गएर डेड लाख रुपैया मागेका थिए । खसी बेचेर जम्मा भएको ५० हजार रुपैया कसैलाई नभन्ने शर्तमा अशोकले बोकेर आएका थिए । अग्नि खरेल साथी हो भन्दै अर्का कानुन ब्यवसायी प्रभाकर मार्फत थप पैसा ब्लाकमेलिङ्ग भयो । तर पनि मेग र टलकबहादुर छुटेनन् । पुर्पक्षका लागि जेल गए पछि अशोक र उज्वलले लिएको पैसा फिर्ता भएन । एउटा घटनामा गौतम र लामाले ८ लाख रुपैया पटक पटक गरेर ब्लाकमेलिङ्ग गरे तर काम भएन । लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रधानन्यायाधिशको नाम बेच्ने सुरज राणा, प्रभाकर लगायतले ढुङ्गा खानी चलाउन दिन्छौ भन्दै थप रकम बार्गेनिङ्ग गरे । पुनरावेदनले पनि जिल्ला अदालतको फैसला सदर गरे सँगै गौतम र लामाले थप रकम बार्गेनिङ्गको बाटो बनाए । पुनरावेदनको न्यायाधिशका लागि भनेर पुनः २ लाख रुपैयाँ माग गरिएको थियो ।

    घटना नं २ :

    यसअघि गौतमले धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका वडा नं ५ चिसापानी घर भएका सुर्य मानन्धरलाई शिक्षकमा स्थायीमा नाम निकाल्दिन्छु भन्दै ५० हजार रकम घुस खाएका थिए । उनले नाम निस्किन्छ भने पनि नाम ननिस्केको सुर्य मानन्धरको भनाई छ ।

    घटना नं ३ :

    गणेशमान चारनाथ नगरपालिका वडा नं ५ चिसापानी घर भएका विवेक मानन्धर लागु औषधमा पक्राउ परे । उनलाई छुटाईदिने भन्दै गृहमन्त्री रामबहादुर थापा बादलको पिए बनेर १५ लाख रकम मागेका थिए । २०७५ असार ७ मा जेल परेका मानन्धरलाई छुटाइदिने भन्दै १५ लख मागेपनि १३ लाखमा डिल भएको केशमा पटक पटक गरेर गौतमले उक्त परिवारसँग ६ लाख रुपैया खाए । २ महिनामानै छुटाइदिन्छु भनेर पैसा लिए पनि उनी आफै १८ महिनाको कैद पछि छुटे पनि रकम फिर्ता गरेनन । गौतमको ठगीका घटना एक पछि अर्काे गर्दै सार्वजनिक हुन थालेका छन् ।

    यस अघि गौतमले नेपालथोकमा मेडिकल राख्दा स्थानीयहरुले माटोको डल्लाले हानेर खेदेका थिए । महिलाहरुलाई गरेको अभ्रद ब्यवहारका कारण उनलाई स्थानीयले लखेटेका थिए । काठमाडौको बौद्धमा मेडिकल राख्दा युवाहरुलाई लागु औषध विक्री गर्ने अभियोगमा पक्राउ परेका थिए । युवाहरुलाई गलत बाटोमा लगाउँदै पैसा कमाउने धन्दामा सक्रिय गौतमलाई तत्कालिन समयमा हाल रोशी गाउँपालिकाका प्रमुख डिबी लामा र तत्कालिन राज्य मन्त्री सुर्यमान दोङ्गले छुटाएर ल्याएका थिए । युवाहरुलाई सहि स्थानमा ल्याउनु पर्ने, गाउँमा तास र जुवा खेल्दा माओवादीले पक्राउ गर्ने समुहमा सक्रिय गौतम भने युवाहरुलाई लागु औषध विक्री गर्दै आएका थिए ।

    यस विषयमा नेता गौतमले टेलिफोनमा कुरा गर्दै आफुसँग जोडिएका भनिएका कुनै पनि केशमा संलग्न नरहेको बताए । रोशीको टिपरको केशमा चिनजानको हिसावले पिडित परिवारकै सदस्यको आग्रहमा सहयोग गरेको भएपनि पैसाको कुनै बाग्र्रेनिङ नगरेको बताए । ‘पिडित परिवार सँग मेरो बोलचाल पनि थिएन्, उहाँहरुलेनै सहयोग गर्नुपर्यो भनेर भन्नुभयो अनि मैले सहयोग गरेको हुँ ।–गौतमले भने । उनले उज्वल वितेपछि थप केश उचालिएको आरोप लगाए ।

    समाचारमा प्रयोग भएको फोटोमा इन्द्रमाया सँग पैसा लिदै अशोक गौतम ।

    प्रतिक्रिया दिनुहोस