२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

बलात्कार प्रयास गर्नेलाई हाजिरी जमानीमा छाडियो

  • २०७७ पौष १६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ८८५ पाठक संख्या
  • जिल्ला सरकारी वकिल कार्यालय धुलिखेलले जर्बजस्ति करणी उद्योगमा दर्ता भएको मुद्दामा ‘हाजिरी’ जमानीमा छाड्ने निर्णय गरेको छ । पीडितका र उनका आफन्तहरुले सरकारी वकिल कार्यालयको उक्त निर्णयप्रति असहमति जनाउँदै पत्रकार सम्मेलन गरेका छन् ।

    ‘रातको १० बजेको समयमा नशाको सुरमा खानीखोला गाउँपालिका वडा नम्वर ४ घर भएका ३८ बर्षीय सुकबहादुर माझी महिला सुतेको कोठामा पुगेर शरीर माथी चढी घाँटी थिचेर जर्बजस्ति करणीको प्रयास गरेका थिए’–पीडितका आफन्तले भने–‘श्रीमानसँगै सुतेको समयमा सुुकबहादुर माझीले जर्बजस्ति करणीको प्रयास गरेका थिए । छोरीहरु अर्को कोठामा सुतिरहेका थिए । हार गुहार गरेसँगै उनी भागेका थिए ।’ प्रहरीले घटनास्थल मुचुल्कामा समेत सोहि कागज तयार गरेको छ । साक्षीहरुको बयान र घटनास्थलका आधारमा प्रहरीले तयार गरेको प्रतिवेदनमा सोहि कुरा उल्लेख गरेको छ । २०७७ मंसिर २० गते राति महिलाको श्रीमान् र सुकबहादुर माझीले सँगै रक्सी खाएका थिए । उनी रक्सी खाएर आफ्नो घरमा गए । नशाको सुरमा माझी त्यहि श्रीमानको श्रीमती महिलालाई करणी गर्ने उद्देश्यले घरको आँखी झ्यालबाट भित्र प्रवेश गरी श्रीमान्सँग सँगै सुतकी महिलालाई जर्बजस्ति करणी गर्न पुगेको माझीले बयान दिएका छन् । माझीले महिलाको शरीर माथी चढेर घाँटी र काँधमा समाते पछि चिच्याउँदा छोरीले खुकुरी लिएर आए पछि उनी फरार भएका थिए ।

    जिल्ला न्यायाधिवक्ता चन्द्रकुमार पोखरेलले उक्त मुद्दामा पीडितले जाहेरी ब्यहोरामा उल्लेख गरेको विवरण, प्रहरी अनुसन्धानबाट माझीले महिलालाई घाँटीसम्म पक्रिएको र करणीको प्रकृया शुरु भएको अवस्था नदेखिएको, श्रीमान्, श्रीमती एउटा ओछ्यानमा सुतेको अवस्थामा उक्त ब्यक्तिले करणी वा उद्योग गर्लान् भनि अनुमान र कल्पना समेत नभएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३१ को उपदफा ३ बमोजिम मुद्दा नचलाउने निर्णय गरेको बताएका छन् । पीडितले प्रश्न गरेका छन्–‘पीडकले म जर्बजस्तिकरणी गर्न गएको हुँ, महिलाको काँधमा र घाँटीमा समाएको हुँ, श्रीमान् र छोरीसँगै कराएर खुकुरीले काट्न आए पछि भागें भन्दा पनि सरकारी वकिलको कार्यालय तैंले करणी गर्न खोजेको हैन रछस भनेर सफाई दिन किन तयार भयो रु’ माझीले यसअघि पनि सोहि गाउँका तीन जना महिलालाई जर्बजस्ति करणीको प्रयास गरेका थिए । माझीले गरेको उक्त घटनामा मिलापत्र गर्न र उजुरी नगर्न महिलालाई ३० हजारको प्रस्ताव गरिएको थियो । उनले पैसा लिन नमान्ने बताए पछि महिलाको श्रीमानलाई समेत सोहि समुहले अभद्र ब्यवहारमा मुद्दा चलाएको थियो । ७ दिन पछि उनका श्रीमान् धरौटीमा छुटेका छन् ।
    माझीका आफन्तले आफुले ३ लाख रुपैयाँ खर्च गरेकाले जेल जानु नपर्ने बताएको १५ दिन भित्रै सरकारी वकिल कार्यालयले करणी गर्न गएको हुँ, करणीको प्रयास गर्दा गर्दै पनि तैले होईन रहेछ भनेर हाजिरीमा छाडिदिने र मुद्दा नचलाउने निर्णयप्रति शंका ब्यक्त गरिएको छ । महिला नेतृहरुले यस्ता घटनामा संलग्नलाई उन्मुक्ति दिने अधिकारी माथी अनुसन्धान सहित कारवाहीको माग गरेका छन् ।चेष्टासाप्ताहिकबाट

    प्रतिक्रिया दिनुहोस