२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

नेकपा विवाद : काभ्रेमा को कुन समूहमा ?

  • २०७७ पौष १२, आईतबार मा प्रकाशित ३ साल अघि
  • २२६८ पाठक संख्या
  • नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दखिएको विावद पार्टी फुट सम्म पुगेको छ । प्रधानमन्त्रीले संसद विघटन गरेपछि नेकपा दूईवटा भएको छ । एका पक्षको नेतृत्व केपी ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरेका छन् । केन्द्रमा दुईपक्षमा विभाजन भएको नेकपाको असर काभ्रे जिल्लामा पनि परेको छ । काभ्रेमा पनि दुई पक्षले छुट्टा छुट्टै कार्यक्रम गर्न थालेका छन् । काभ्रेमा अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवानै प्रचण्ड–नेपाल समूहमा छन् ।

    दुई पक्षमा विभाजन भएपछि प्रधानमन्त्री रहेका ओलीले आफ्ना पक्षमा लाग्ने काभ्रेका १२ जनालाई क्न्द्रीय सदस्य बनाएका छन् । ओलीका विश्वास पात्र पूर्व मन्त्री गोकुल बाँस्कोटा मार्फत पूर्व माओवादी तर्फका समेत केन्द्रीय सदस्य बनेका छन् । केन्द्रीय सदस्य बन्नेमा प्रदेश सभा सदस्य चन्द्र लामा, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु, पनौती नगरप्रमुख भिम न्यौपाने, तेजगंगा क्याम्पसका सञ्चालक अम्बुभवानी कार्की, पूर्व एमालेका सचिव रहेका नारायण पाण्डे, संविधानसभा सदस्य रामहरी सुवेदी, अनेरास्ववियूका पूर्व अध्यक्ष नविना लामा, पूर्व माओवादी संंवद्ध अखिल नेपाल क्रान्तिकारी महिला संघको जिल्ला अध्यक्ष रिता ढकाल र पूर्व केन्द्रीय उपाध्यक्ष रुक्मनी थापा बराईली, काभ्रे काठमाण्डौ सम्पर्क मञ्चका पूर्व अध्यक्ष कुमार खकुरेल, नेता कुमार थापा केन्द्रीय सदस्य बने । केन्द्रीय सदस्य बनेका मध्ये ढकाल र बराईली पूर्व माओवादी खोमाका हुन् ।

    कुन संसद कता ?

    काभ्रेमा केपी ओली पक्षले आफूहरू बलियो रहेको दाबी गरेपनि आईतवार बनेपामा देखिएको भेलाले प्रचण्ड–नेपाल समूह पनि बलियो देखियो ।
    काभ्रेमा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ५ संसद छन् । प्रतिनिधि सभाका ३ मध्ये क्षेत्र नं १ का गंगाबहादुर दोङ प्रचण्ड–माधव समूहमा छन् भने क्षेत्र नं २ का संसद पर्व मन्त्री गोकुल बाँस्कोटा ओली समूहमा छन् । काभ्रेकै नविना लामा ओली पक्षबाट केन्द्रीय सदस्यमा मनोनित भएको हुनाले उनलाई पनि केपी समूहमा गनिन्छ । यद्यपी उनी बामदेव गौतम पक्षको भएको हुनाले गौतम जुन गुटमा हुन्छन् लामा पनि त्यहि गुटमा जाने जानकारहरु बताउँछन् ।

    प्रदेश सभामा भने रत्न ढकाल, लक्षमण लम्साल र बसुन्धरा हुमागाई प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् । ढकाल र लम्सालले बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई अविश्वासको प्रस्ताव पेश गर्दा हस्ताक्षर गरेपनि हुमागाईले भने गरेका थिएनन् । लामो समय ओली गुटमा रहेका हुमगाई प्रचण्ड–नेपाल गुटमा देखिएक छन् । हुमागाईले आईतवार बनेपामा भएको प्रचण्ड–नेपाल समूहको भेलालाई सम्बोधन नै गरेका छन् । ओली समूहमा प्रदेश संसदमा भने चन्द्र लामा र गोमा भुर्तेल छन् ।

    संविधानसभा सदस्य विदुर सापकोटा, तेजबहादुर मिजार प्रचण्ड–नेपाल समूहमा देखिएका छन् ।

    पालिकामा को कुन समूहमा ?

    बनेपामा रहेको नेकपाको पार्टी कार्यालयमा तालाबन्दी गरेको केपीओली पक्षघरले आफूहरू नै बलियो रहेको दाबी गरेको छ भने आईतवार बनेपामा बृहत भेला गरेर प्रचण्ड–नेपाल पक्षले आफुहरु बलियो रहेको दाबी गर्यो । काभ्रेमा १३ स्थानीय पालिकामध्ये ९ स्थानीयमा नेकपाले जितेको थियो । ४ पालिका भने काँग्रेसले जितेको छ । काभ्रेको पालिकाहरु मध्ये बनेपाका प्रमुख लक्ष्मीनरसिंह बादे र उपप्रमुख रेखा दाहाल तथा धुलिखेलका प्रमुख अशोक व्याञ्जु र उपप्रमुख विमला शर्मा ओली समूहमा देखिएका छन् । मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा प्रचण्ड–माधव समूहमा छन भने उपप्रमुख निर्मला शाही ओली समूहका छिन् । नमोबुद्ध नगरपालिकामा पनि प्रमुख र उपप्रमुख फरक फरक समूहका हुन् । नमोबुद्धमा प्रमुख टिपी शर्मा तिमल्सिना ओली समूहमा हुन भने उपप्रमुख रामदेवी तामाङ प्रचण्ड–नेपाल समूहकी हुन । पनौतीका प्रमुख भिम न्यौपाने ओली समूहका हुन भने उपप्रमुख गीता बञ्जारा प्रचण्ड–नेपाल खेमाका हुन । यद्यपी पनौतीका उपप्रमुख बञ्जारा आईतबार भएको प्रचण्ड–नेपालको बनेपामा भएको भेलामा उपस्थित भइनन् । काभ्रेको चौरी देउरालीका अध्यक्ष दिनानाथ गौतम र उपाध्यक्ष तारा चौलागाई र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वा र उपाध्यक्ष तेजकुमारी माझी प्रचण्ड–नेपाल समूहका हुन् । भुम्लुका अध्यक्ष गुमानध्वज कुंबर र उपाध्यक्ष कल्पना श्रेष्ठ प्रचण्ड–नेपाल समूहका हुन् । कुंबर प्रचण्ड–नेपाल समुहको भएपनि आईतबारको भेलामा आसन ग्रहणको नाम लिएपनि उपस्थित भएनन् भने उपाध्यक्ष श्रेष्ठ भेलामा उपस्थित भईन् । खानीखोलाका अध्यक्ष कृष्ण खुलाल र उपाध्यक्ष रुक्मीणि गुरुङ कतैपटि खुलेका छैनन् । खलाल कुन समूहमा जाने भन्ने धरमरमा रहेको बुझिएको छ । उनीहरुलाई दुवै समुहले आ–आफ्नो समूहको भनेका छन् । जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी ओली समूहको केन्द्रीय सदस्य बनिसकेका छन् भने उपप्रमुख मञ्जु गौतम कुनै कार्यक्रममा सहभागि नभएपनि प्रचण्ड–नेपाल समूहले आफ्नो पक्षमा गनेका छन् ।

    प्रतिक्रिया दिनुहोस