२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा कोरोना संक्रमित : एकको मृत्यु, १८ संक्रमित थपिए

  • २०७७ पौष ८, बुधबार मा प्रकाशित ३ साल अघि
  • ६५९ पाठक संख्या
  • काभ्रेमा बुधवार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बेथानचोकका ८६ वर्षिया महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
    त्यस्तै आज जिल्लामा १८ जना संक्रमित थपिएका छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा बनेपाका ८, धुलिखेलका ७, पनौतीका १, पाँचखालका १ र महाभारतका १ जना रहेका छन् ।
    यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या काभ्रेमा ३ हजार २ सय १७ पुगेको छ ।

    सक्रिय संक्रमितको संख्या १३५ जना रहेको छ भने जिल्लामा कोरोना संक्रमणबाट ४२ पुरुष र १७ महिला गरी ५९ जनाको मृत्यु भएको छ । जसमध्ये १२ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस