२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव

  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३६३ पाठक संख्या
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

    दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

    स्थायी कमिटी बैठकलगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ । यस्तै, अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि दाहाल–नेपाल समूहले थप रणनीति तय गर्ने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस