२०८० आश्विन १५, सोमबार | Mon, 02, Oct, 2023

पलाञ्चोक भगवती माविको ४८ औं स्थापना दिवस

  • २०७७ मंसिर २९, सोमबार मा प्रकाशित २ साल अघि
  • १८७८ पाठक संख्या
  • २०१८ साल पौषमा स्थानीय जिल्ला सभासद रत्नमान श्रेष्ठको पहलमा पलाञ्चोक भगवति भाषा पाठसालको रुपमा स्थापना भई २०२८ साल मंसिर २८ गते औपचारिक रुपमा तत्कालीन सरकारबाट स्विकृति लिएर सञ्चालनमा आएको श्री पलाञ्चोक भगवति माबिको ४८ औं स्थापना दिवस भब्य  रुपमा मनाईएको छ ।

    व्द्यिालय ब्यवस्थापन समितिका अधक्ष्य उज्ज्वल श्रेष्ठको सभापतित्व तथा पाँचखाल नगरपालिका शिक्षा शाखाका अधिकृत उदय कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा औँ सामाजिक लेखापरीक्षण सार्वजनिक तथा पुरस्कार बितरण समेत गरिएको थियो । कार्यक्रममा पाँचखाल नगरपालिका शिक्षा शाखाका अधिकृत उदय कोईरालाले बिद्यालयलाई नपुग दरबन्दी मिलानको लागि पहल गर्ने जनाउँदै शिक्षकहरुलाई आफ्नो पेशाको इज्जतका साथ पालना गर्न अनुरोध गरे । उनले बिद्यार्थीहरुलाई अनुशसित हुन र अभिभावकहरुलाइ बिद्यालय सँग नजिक भएर चासो दिन अनुरोध समेत गरे ।

    कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठले आफुले व्द्यिालयको लागि सम्पूर्ण क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वडाअध्यक्ष श्रेष्ठले बजेट र विभिन्न संघसंस्थाको सहयोग बाट ३ वटा बिद्यालय भवन निर्माण गर्न सफल भएकोले अव गुणस्तरीय शिक्षाको लागि शिक्षकहरु दत्तचित्त भएर पठनपाठन गर्न अनुरोध गरे । उनले बिद्यालयको सम्पुर्ण गतिविधिमा अभिभावक पनि जानकार हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा विभिन्न बिद्यालयका प्रधानाध्यापक, समाजसेवी, बुद्धिजीवी, शिक्षा प्रेमि बिद्यार्थी अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षक भिम प्रशाद उप्रेतीले , सामाजिक लेखापरीक्षण प्रतिबेदन प्रधानाध्यापक बेख बहादुर थापाले प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस