२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेली नायीका स्वेता खड्काले विजयेन्द्र सिंह राउतसँग कसिन् लगनगाँठो

  • २०७७ मंसिर २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • १०८५ पाठक संख्या
  • काभ्रेली नायिका स्वेता खड्काले सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग लगनगाँठो कसेकी छिन् ।

    चलचित्र ‘कहाँ भेटिएला’ बाट सिने क्षेत्रमा प्रवेश गरेकी श्वेताले २०७१ साल असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर बिहे भएको झण्डै एक महिनापछि २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा श्रीकृष्णको निधन भएको थियो ।

    बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस