२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

च्याम्राङवेशीमा इन्द्रेणी, तिनतले, रतन र छ्याङ छ्याङ झरना चर्चामा, आन्तरिक पर्यटकको घुईचो

  • २०७७ मंसिर १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • २९५९ पाठक संख्या
  • काभ्रेको दक्षिणी भेगमा रहेको च्याम्राङवेशीमा रहेको झरना चर्चामा छन् ।

    प्राकृतिक सुन्दरताले भरिएको बेथानचोक गाउँपालिका १ च्याम्राङबेशीमा रहेका इन्द्रेणी झरना र च्यालममा रहेको तिनतले झरनामा आन्तरिक तथा स्थानीय पर्यटकको घुइँचो लाग्न थालेको छ । रतन खोला झरना र च्याम्राङबेशीकै ठुलो र लामो झरना छ्याङ छ्याङ खोलाको झरनाको समेत सम्भयाव्यता अध्ययन शुरु भएको छ ।

    इन्द्रेणी झरना

    इन्द्रेणी झरना बिहान घाम झुल्के पछि बेलुका नअस्ताए सम्म इन्द्रेणी परिरहने स्थानीयका अरुण दाहालले जानकारी दिए । त्यस्तै मादले र तिनतले झरनामा बनझाक्रीले स्नान गर्नी गरेको किबंदन्ती छ । ‘इन्द्रेणी झरना बिदेशी लगाएत स्वदेशी पर्यटकको रोजाइमा पर्न सक्ने र तिनतले झरना तीन वटा तला बाट झरेको हर कोहिलाइ मन पर्ने छ ।’–स्थानीयको भनाई छ ।

    तिनतले झरना

    खासै चर्चामा नआएका यी झरनाका बारे पछिल्लो पटक सामाजिक सञ्जालमा फोटोहरु आउन थालेपछि चर्चामा आएका छन् । पछिल्लो समय वडा अध्यक्ष सोमनाथ घिमिरे, स्थानीय युवाहरु अरुण दाहाल, खेमराज दाहाल, बुद्धि ब सिङ्तान, बेथानचोक ढुङ्खर्कका पयटन व्यवसायी कमल नेपाल लगायतका स्थानीय युबाहरुको पहलमा अहिले इन्द्रेणी झरना र तिनतले झरना निकै चर्चामा आएको छ ।

    छ्याङ छ्याङ खोलाको झरना

    बेथानचोक गाउपालिकाका सबै स्थानहरुमा सडक मार्ग पुगेको र सहज तरिकाले झरनाको अबलोकन गर्न सक्ने भएको छ । इन्द्रेणी झरना र तिनतले झरना सडक मार्ग छोडी पैदल यात्रा गर्नुको छुट्टै आनन्द त छदै छ त्यहाको इन्द्रेणी हेर्नुको मज्जा , प्राकृतिक मनोरम दृश्य , अग्लो ठाउँबाट झरेको झरनाको पानीको फोहोरा त्यसबाट आउने पानीका कण र आनन्द दिने चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिने बताए । दुबै झरना हुर्नको लागि काठमाडौ देखि ५५ किलोमीटर , बनेपा देखि ३१ किलोमीटर र पनौती देखि २६ किलोमीटरको दुरिमा रहेकोले पछिल्लो समय दैनिक रुपमा आन्तरिक तथा स्थानीय पर्यटकको हेर्नेको भिड लाग्न थालेको छ ।

    बेथानचोक १ का कार्यबहाक अध्यक्ष गोपालकृष्ण सापकोटाले झरनाको संरक्षणमा वडा कार्यालय लाग्ने बताए । उनले झरना संरक्षणमा गाउँपालिका, प्रदेश तथा संघ सरकार सम्म झकझक्याउने पनि जानकारी दिए । इन्द्रेणी झरना जाने बाटो निर्माणको लागि भनेर गाउँपालिकाबाट२ लाख रकम छुट्टिएको सापकोटाको भनाइ छ । कार्यबहाक अध्यक्ष सापकोटाका अनुसार च्याम्राङबेशी साईडमा रहेका अर्का २ वटा झरना रतन खोला झरना र च्याम्राङबेशीकै ठुलो र लामो झरना छ्याङ छ्याङ खोलाको झरनाको समेत सम्भयाव्यता अध्ययन शुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस