२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अझै १५ दिन सिनेमा हल तथा रात्रिकालिन व्यवसाय बन्द गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

  • २०७७ मंसिर १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • १०५९ पाठक संख्या
  • स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ हल तथा रात्रिकालिन व्यवसाय बन्द गर्नुपर्ने सरकारको निर्णय भएको जानकारी दिए ।

    नेपाल सरकारले नखोल्ने भनिएका सेवा र कार्यहरु अझै १५ दिन कडाइका साथ नखोल्ने, उक्त निर्णय पूर्णरुपमा कार्यन्वयन गर्ने र आगामी १५ दिनको संक्रमणको अवस्था हेरेर मात्रै हालसम्म जारी जनस्वास्थ्यका मापदण्डका विषयमा पुनरावलोकन गर्ने गौतमले जानकारी दिए ।

    संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सिनेमा हलहरु, रात्रीकालिन व्यवसायहरु, धेरै मानिसहरु जम्मा हुने र जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका संस्था तथा व्यवसाय अझै नखोल्न अनुरोध गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस