२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नमोबुद्ध नगरको सातौं स्थापना दिवस सम्पन्न

  • २०७७ मंसिर १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ८८९ पाठक संख्या
  • नमोबुद्ध नगरपालिकाको सातौं स्थापना दिवस मंगलबार सम्पन्न भएको छ ।

    पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकै अवसरमा नगरपालिकामा भु–सेवा केन्द्रको उद्घाटन गरिएको छ । यसैगरी नगरपालिकामा सघन शहरी विकास आयोजनाबाट निर्माण भएको भकुण्डे–दारेगौंडा–नास्पातीबोट सडक उद्घाटनसँगै हस्तान्तरणसमेत गरिएको छ । यसैगरी नमोबुद्ध नगरपालिका ४ मा निर्माण भएको कवर्ड हल नगरपालिकालाई सोही अवसरमा हस्तान्तरण गरिएको छ ।

    पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य बाँस्कोटाले पक्की सडक र भु–सेवा केन्द्रको उद्घाटन गरेका थिए । यसैगरी बास्कोटाले नमोबुद्धको नगरझण्डा झण्डोत्तोलन गर्दै सार्वजनिक गरेका थिए । स्थापना दिवसको अवसरमा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै भएगरेका कामहरु समेटिएको पुस्तक जनप्रतिनिधिका तीन बर्षसमेत बिमोचन गरिएको छ । कार्यक्रममा सञ्चारकर्मी शिव अधिकारी, समाजसेवी एवं व्यवसायी कुमार दाहाल र नेपाल केम्फो खुकुरी मार्शल आर्टस् संघका अध्यक्ष पूर्ण पाण्डेलाई विशेष सम्मान गरिएको थियो । यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंलाई नगरको समृद्धि र प्रशासनिक कार्य एवं सुशासनमा योगदान दिएवापत विशेष सम्मान गरियो भने उत्कृष्ट कर्मचारी सन्तोष काफ्ले, उत्कृष्ट वडा सचिव शंकर भट्टराई, उत्कृष्ट वडा कार्यालयहरु वडा नं. १ र वडा नं. २ लाई सम्मान गरिएको छ । यसैगरी वडा कार्यालय निर्माणका लागि जग्गा दिने गोविन्द घिमिरे, रामकृष्ण श्रेष्ठ तथा दुईवटा सडक उपभोक्ता समितिलाई समान गरिएको थियो । यस्तै कोरोना भाइरस नियन्त्रण र रोकथाममा सक्रिय एम्बुलेन्स चालक पन्चलाल श्रेष्ठ, सवारीचालक ङेमा लामा, कार्यालय सायोगी सीता खड्का, प्रविण अधिकारी, हेल्थ असिस्टेन्ट शोभाकान्त आचार्य, गंगाराम तिमल्सिना, सिडियर अहेब कल्पना अधिकारी, स्टाफ नसै शर्मिला प्रजापति, बिना श्रेष्ठ, कम्प्युटर अपरेटरहरु राजीव श्रेष्ठ, श्याम खनाल, सहायक कम्प्युटर अपरेटर जीवन कार्की, डाक्टर रामशरण श्रेष्ठ नमोबुद्ध गुम्बा, समाजसेवी वाङचुक राप्तेन लामा, गैरसरकारी संस्था सिप्रेड, वडा अध्यक्षहरु उद्धवप्रसाद काफ्ले, धर्मसिं लामा, रामकृष्ण उपाध्यायलाई पनि सम्मान गरिएको थियो ।

    कार्यक्रमकै अवसरमा नमोबुद्ध ८ स्थित स्वास्थ्य चौकीमा कार्यरत रहेको बेला हत्या गरिएकी रञ्जना अधिकारीको छोरालाई पठनपाठनका लागि ३० हजार, नमोबुद्ध नगरपालिका वडा नं. १० की तत्कालिन कर्मचारी स्वर्गीय नरकुमारी घोरासैनीको परिवारका सदस्यलाई २५ हजार तथा नमोबुद्ध नगरपालिका वडा न. ९ का तत्कलिन वडा सचिव स्वर्गीय श्रीराम सत्यालको परिवारलाई कर्मचारी कल्याण कोषबाट १ लाख ८७ हजार ८५ रुपैयाँ आर्थिक सहायता पनि प्रदान गरिएको छ ।

    कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाल भकुण्डे बजारमा रहेका प्रदुषित उद्योग विस्थापन सकारात्मक कदम भएको भन्दै खशी व्यक्त गरे । इँटा उद्योग विस्थापन पनि भकुण्डे क्षेत्रको वातावरण स्वच्छ बनेको पनि बताए । नगरपालिकामा जनप्रतिनिधि आएपछि विकास निर्माणका क्षेत्रमा पनि धेरै काम भएको भन्दै उनले अहिलेको कार्यकालमा रहेका जनप्रतिनिधिले विकासको जग बसाल्ने र अर्को कार्यकालमा आउनेले त्यसलाई अगाडि बढाउनुपर्ने चुनौती रहेको बताए । खानेपानीको समस्या रहेको नमोबुद्धमा पानी व्यवस्थापनका लागि संघीय सरकारले पनि विशेष पहल गरिरहेको उनले बताए । बाँस्कोटाले नेपाली काँग्रेसका केही नेताहरु नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विवादमा हस्तक्षेप गर्न आएको आरोप पनि लगाए । नेपाली काँग्रेस पार्टीमा पनि आन्तरिक विवाद भएको बताउँदै नेकपा आफै सुध्रिने र आफैँ लड्ने भएकोले नेकपाको विवादमा हस्तक्षेप नगर्द काँग्रेस नेतालाई चुनौती थियो ।

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर दोङले नेकपाको सरकारले गरेका कामहरु सुरुवात मात्रै भएको बताउँदै आगामी दिनमा विकास निर्माणका धेरै कामहरु हुने उनले बताए । कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जनताको अपेक्षाअनुसार काम गरिरहेको र सबै पक्षको सकारात्मक सहयोगबाट समृद्धिको सपना पुरा हुने बताए । उनले नगरभित्र सडक, खानेपानी, शिक्षा स्वास्थ्य लगायत विकासका क्षेत्रमा नगरपालिकाले विशेष जोडसहित नीति कार्यक्रम र बजेट कार्यान्वयन गरिरहेको पनि बताए ।

    कार्यक्रममा प्रदेश सांसद चन्द्र लामा, रत्न ढकाल, गोमा भुर्तेल, संविधान सभा सदस्य रामहरि सुवेदी, पूर्वमन्त्री तथा संविधान सभा सांसद रेशम लामालगायतले समसामयिक राजनीतिक गतिविधिको बारेमा भनाई राखेका थिए । कार्यक्रममा नगर उपप्रमुख रामदेवी तामाङले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले नगरको समग्र अवस्थाबारे जानकारी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस