२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आठ वटा नयाँ भाषा थपिए

  • २०७७ मंसिर ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २०५८ पाठक संख्या
  • मुलुकमा भाषाको संख्या बढेको छ । भाषा आयोगको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लागेको हो । जनगणना २०६८ को तथ्यांकअनुसार मुलुकमा १ सय २३ भाषा छन् । थपिएका भाषामा राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक–याक्खा, नावा शेर्पा छन् ।

    भाषा आयोगले राष्ट्रपति कार्यालयमा बुझाएको आर्थिक वर्ष २०७६/७७ वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘भाषा आयोग, त्रिभुवन विश्वविद्यालय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एवं अनुसन्धाताहरूको अध्ययनका आधारमा थप केही भाषाहरू अस्तित्वमा देखिएका छन् । यी भाषाहरूको विस्तृत अध्ययन हुनुपर्ने र २०७८ को जनगणनाबाट समेत तिनको सत्यापन गरिनु पर्ने देखिन्छ ।’

    संघीयता कार्यान्वयनसँगै मुलुकमा बोलिने भाषाहरूको संरक्षण, संवर्द्धन तथा संघ, प्रदेश र स्थानीय तहमा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा निर्धारण गर्न सिफारिस गर्न आयोग गठन भएको हो । सरकारले आयोग गठनसँगै अध्यक्ष र एक सदस्यबाहेक प्रदेशगत प्रतिनिधित्व गर्ने सदस्य नियुक्त गरेको छैन । आयोगको यो चौथो वर्षको प्रतिवेदन हो । आयोगको म्याद अब डेढ वर्षमात्र बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस