२०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023

महासंघको चुनावका लागि तीन स्थानमा मतदान हुने, साधारणसभा प्रधानमन्त्रीले उद्घाटन गर्ने

  • २०७७ मंसिर १०, बुधबार मा प्रकाशित २ साल अघि
  • ९१३ पाठक संख्या
  • नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभामा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि तीन स्थानमा मतदान हुने भएको छ।

    बिहीबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धाटन गर्ने साधारणसभामा मतदानका लागि तीन स्थान निर्क्यौल गरिएको महासंघ निर्वाचन समितिले जानकारी दिएको हो।

    महासंघको चुनावका लागि प्रज्ञा भवन कमलादी, कार्की ब्यांकेट र उद्योग वाणिज्य महासंघको कार्यालय टेकुमा मतदान हुने भएको हो। जिल्लारनगर, एसोसिएट र वस्तुगततर्फका प्रतिनिधिले छुट्टाछुट्टै स्थानमा मतदान गर्ने भएका हुन्।

    प्रधानमन्त्री ओलीले बिहीबार बिहान बालुवाटाबाटै भर्चुअल रूपमा साधारणसभा उद्घाटन गर्दैछन्। मंसिर १२ गते भर्चुअल रूपमा नै बन्दसत्र संचालन हुने जानकारी महासंघले दिएको छ। १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ।

    कोरोना संक्रमित प्रतिनिधिले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जानकारी दिएको छ। संक्रमितका लागि प्रज्ञा भवनमा व्यवस्था गरिएको बताइएको छ।

    महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्र ढकाल उम्मेदवार छन्। दुवै उम्मेदवारले आआफ्ना प्यानल लिएर चुनावमा होमिएका छन्।महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि अध्यक्ष हुने व्यवस्था छ। साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघ अध्यक्ष बन्नेछन्।

    प्रतिक्रिया दिनुहोस