२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने नमोबुद्ध मेला स्थगित

  • २०७७ मंसिर ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • १६०२ पाठक संख्या
  • काभ्रे जिल्लाको पर्यटकीय तथा ऐतिहासिक धार्मिक स्थल नमोबुद्धमा हरेक वर्ष कात्तिक शुक्ल पुर्णिमाको दिनमा लाग्दै आएको मेला यस वर्ष नहुने भएको छ ।

    नगरभित्र कोरोना भाईरसको संक्रमण तिव्र रुपमा फैलिएको जनाउँदै नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि. शर्माले एक सुचना जारी गर्दै मेला स्थगित गरिएको जनाएको छ ।

    आवश्यक सावधानी अपनाउँदा अपनाँदै पनि पछिल्ला दिनहरुमा कोरोना संक्रमण फैलने क्रम बढेका कारण विभिन्न जात्रा मेला तथा मानिसको बढि भीड हुने कार्यक्रमलाई यस अघि नै रोक लगाईएको र यहि मंंसिर १५ गते नमोबुद्धमा प्रत्येक वर्ष कात्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने मेला भर्न छिमेकि पालिकाका बिभिन्न क्षेत्रबाट आउने भक्तजनहरुको भिड हुने र संक्रमण फैलने जोखिम भएका कारण मेला स्थगित गरिएको सुचनामा उल्लेख छ । यसबाट पर्नजाने असुविधा प्रति नगरले क्षमा याचना गरेको छ ।

    साथै नगरपालिकाले कोरोना भाईरसको जोखिमबाट बच्न घर परिवारमै बसी स्वास्थ्य सजगता सहित पर्वहरु मनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस