२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

महादेवटारमा अन्य पार्टी परित्याग गरी एक सय भन्दा बढि काँग्रेसमा प्रवेश

  • २०७७ मंसिर ४, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १००९ पाठक संख्या
  • रोशी गाउँपालिका वडा नं ४ महादेवटारका १ सय भन्दा बढि कांग्रेस पार्टि प्रवेश गरेका छन् ।

    विहिबार भएको चियापान तथा पार्टि प्रवेश कार्यक्रमा कार्यक्रमका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभाग संयोजक शिव प्रसाद हुमागाँइले नव प्रवेशीहरुलाई साधरण सदस्यता वितरण गरेका थिए भने जिल्ला सभापती मधु आचार्यले खादा र पुर्व सांसद एवं संघिय सभापती तिर्थ लामाले टिका लगाई स्वागत गरेका थिए ।

    कार्यक्रममा १ सय भन्दा बढि कार्यकर्ताहरु नेकपा लगायत विभिन्न पार्टि परित्याग गरी कांग्रेसमा प्रवेश गरेको रोशी गाउँपालिकाका सभापती लाल कुमार पाख्रीनले जानकारी दिए ।

    रोशी गाउँपालिका वडा नं ४ का सभापती टंकमान लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं ट्रेड युनियन विभाग संयोजक शिव प्रसाद हुमागाँई, विशिष्ट अतिथि जिल्ला सभापती मधु आचार्य, पुर्व जिल्ला सहसभापति तिर्थ पसखल, अतिथिहरुमा नेपाली कांग्रेसका पुर्व सांसद एवं संघिय सभापती तिर्थ लामा, जिल्ला सचिव दिनेश लामा, संघिय क्षेत्र नं १ का सहसभापती रमेश प्रसाद हुमागाई, प्रदेश सभा उम्मेदवार गणेश लामा, रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा, क्षेत्र नं १ क का सभापती राम योञ्जन, नमोबुद्ध नगरसभापति कुन्साङ लामा, रोशी गापाउपाध्यक्ष लक्ष्मी बर्तौला, रोशी गाउँपालिकाका सभापती लाल कुमार पाख्रीन, तरुण दल जिल्ला सभापती दावा लामा, नेवि संघका नेता प्रेम लामा लगायत जिल्ला सदस्यहरुले मन्तव्य राखेका थिए । नव प्रवेशीहरुले अरु पार्टि भन्दा नेपाली कांग्रेसले देश र जनहितमा काम गरेका कारण पार्टि प्रवेश गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस