२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

छठ पर्व घरघरमै मनाउन आग्रह

  • २०७७ मंसिर २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ८८४ पाठक संख्या
  • बुधबारदेखि छठ पर्व विधिवत रुपमा शुरु हुँदैछ ।

    छठका लागि किनमेल सुरू भएपनि विगतमा जस्तो यसपटक प्रदेश २ का जलासयहरूमा चहलपहल देखिएको छैन । कारण हो–नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी ।

    प्रदेश २ का अधिकांश जिल्ला प्रशासन कार्यालयले आ–आफ्नै घरमा छठ पर्व मनाउन आग्रह गरेका छन् । कतिपय जिल्लामा जलासयमै मनाइए एउटा परिवारबाट ब्रतालुसहित दुई जनासम्म मात्रै जान आग्रह गरिएको छ ।

    प्रशासन कार्यालयले घरमै पर्व मनाउन आग्रह गरेपनि सार्वजनिक र निजी जलाशयहरूमा घाट निर्माणको काम सुरू भएको देखिन्छ ।

    जनकपुरधामको गंगासागरसहितका पोखरीमा घाट बनाउने काम सुरू भएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित चाँदी नदीको किनार, गौरस्थित बरहबा तालसहितका जलासयमा घाट बनाउन सुरू गरिएको छ भने वीरगञ्जको घडीअर्बालगायतका पोखरीमा पनि घाट तयार पार्ने काम प्रारम्भ गरिएको छ ।

    सप्तरी, महोत्तरी, सर्लाही, बारा र सिराहा जिल्लाका जलासयमा पनि घाट निर्माण गर्न शुरु गरिएको छ । घाट निर्माण गरिएपनि यस पटकको छठ पर्व भने खल्लो रहने स्थानीयवासी बताउँछन् ।

    प्रजिअहरूले सकेसम्म घरमै बनाउन र जलासयमै जाने भए भीडभाड नगर्न आग्रह गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई छठ पर्व घरमै मनाउन आग्रह गरिएको बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस