२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरी

  • २०७७ मंसिर २, मंगलबार मा प्रकाशित ३ साल अघि
  • १३६४ पाठक संख्या
  • नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ ।

    मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको हो । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २-० ले जितेको थियो ।

    दुई खेलको सिरिज भने घरेलु टोली बंगलादेशले जित्दै ट्रफी आफैंले राखेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा गोलका केही अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न पुग्यो ।

    नेपालले एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । कोरोना महामारीका कारण ८ महिनादेखि नेपाली खेलाडीले फुटबल खेलेका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस