२०८१ श्रावण ११, शुक्रबार | Fri, 26, Jul, 2024

लौह पुरुष गणेशमान सिंहको १ सय ६ औँ जन्म जयन्ती मनाईदै

  • २०७७ कार्तिक २४, सोमबार मा प्रकाशित ३ साल अघि
  • ३७० पाठक संख्या
  • लौह पुरुष गणेशमान सिंहको १ सय ६ औँ जन्म जयन्ती आज मनाइँदैछ।

    नेपाली कांग्रेसका संस्थापक नेता समेत रहेका सिंहको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रमहरु तय भएका छन् ।

    नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना तथा बि।सं। २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनको नेतृत्व लगायतका भूमिकामा सिंहको अविस्मरणीय योगदान रहेको छ। सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठन तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले विभिन्न भर्चुअल कार्यक्रमको आयोजना गरेका छन्।

    सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्यायका रुपमा मानिन्छन्। सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका थिए। बि।सं। १९७२ कार्तिक २४ गते काठमाडौंको यट्खा टोलमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो।

    प्रतिक्रिया दिनुहोस