२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

रोशी ११ भैंसेडाँडामा झडप हुँदा एकको मृत्यु, घाईते एकको हेलिकप्टर मार्फत उद्धार

  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ३ साल अघि
  • १८४८ पाठक संख्या
  • रोशी ११ भैंसेडाँडामा जग्गाको निहुँमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाईतेको हेलिकप्टर मार्फत काठमाण्डौ उद्धार गरिएको छ ।

    मृत्यु हुनेमा रोशी ११ का सुब्बा बिशुंखे छन् भने घाइते खड्ग नेपालीको हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ लगिएको रोशी ११ का वडा अध्यक्ष मिलन लामाले जानकारी दिए ।

    सुब्बा र खड्ग विच जग्गा विवाद बढ्दै जाँदा कुटाकुट भएको थियो । एक अर्कामा झगडा हुँदै कुटाकुट हुँदा दुबै घाईते भएका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा बञ्चरो  प्रहारबाट विशुंखेको मृत्यु भएको बुझिएको छ । झडपमा नेपालीको छोरोले समेत विशुंखेलाई कुटेको स्थानीयको भनाई छ ।

    प्रहरी घटनास्थल पुगेकोले घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस