२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँच सचिवालय सदस्यले प्रधानमन्त्री अ‍ेलीलाई भेट्ने

  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ३ साल अघि
  • ४३४ पाठक संख्या
  • प्रचण्ड र माधव नेपाल पक्षका सचिवालय सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै छन् ।

    ओलीसँग भेट्नुअघि उनीहरु धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अनौपचारिक छलफलमा छन् ।

    धुम्बाराहीको छलफल सकिएपछि ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर ओलीसँग छलफल गर्ने एक नेताले बताए ।

    शुक्रबार पनि धुम्बाराहीमै बसेका सचिवालयका पाँच सदस्यहरुले पार्टी अध्यक्षसमेत ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन आग्रह गर्ने निष्कर्ष निकालेका थिए ।

    सचिवालयका नौमध्ये पाँच नेता प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी शुक्रबारको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको औपचारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको थियो ।

    कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको शुक्रबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस