२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

ट्रम्प र बाइडनबीच कडा प्रतिस्पर्धा, नतिजाका आधारमा बाइडन अगाडी

  • २०७७ कार्तिक १९, बुधबार मा प्रकाशित २ साल अघि
  • ७४७ पाठक संख्या
  • अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न चुनावको मतगणना अधिकांश राज्यको सकिएको छ।

    ५० वटा राज्यमध्ये ४० वटाको नतिजा सार्वजनिक भइसक्दा राष्ट्रपतिका उम्मेदवार जो बाइडन र डोनल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ।

    हालसम्मको नतिजाका आधारमा बाइडनले वर्तमान राष्ट्रपति समेत रहेका ट्रम्पलाई पछि पारेका छन्।

    बाइडनको पक्षमा २२० सिट इलेक्टोरल कलेजका प्रतिनिधि प्राप्त भइसकेको छ। बाइडनलाई राष्ट्रपति पदका लागि चुनिन अब ५० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक पर्छ। अमेरिकी राष्ट्रपति चुनिन ५३८ इलेक्टोरल प्रतिनिधिमध्ये २७० सिट आवश्यक पर्छ।

    यसैगरी रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २१३ इलेक्टोरल प्रतिनिधि प्राप्त गरिसकेका छन्। उनलाई अब जितका लागि ५७ प्रतिनिधिको आवश्यक पर्छ।

    चुनावमा हरेक राज्यको कम्तिमा दुई जना इलेक्टोरल प्रतिनिधि छानिन्छन्। तर जनसंख्याका आधारमा यस्तो प्रतिनिधि छानिने हुनाले हरेक राज्य अनुसार प्रतिनिधि संख्या फरक रहेको छ। सबभन्दा बढी इलेक्टोरल प्रतिनिधि रहेको क्यालिफोर्नियामा ५५ जना प्रतिनिधि रहेका छन्। जसमा बाइडनले बाजी मारेका छन्।

    त्यस्तै बढी प्रतिनिधि रहेका टेक्सस र फ्लोरिडामा भने ट्रम्पले जित हात पारेका छन्। टेक्ससमा ३८ इलेक्टोरल कलेज प्रतिनिधि सिट रहेको छ भने फ्लोरिडामा २९ प्रतिनिधि सिट रहेको छ।

    प्रतिक्रिया दिनुहोस