२०८० आश्विन १६, मंगलबार | Tue, 03, Oct, 2023

शनिवार काभ्रेमा ६४ नयाँ संक्रमित थपिए

  • २०७७ कार्तिक १५, शनिबार मा प्रकाशित २ साल अघि
  • २४४ पाठक संख्या
  • काभ्रेमा शनिबार ६४ जना नयाँ संक्रमित थपिएका छन्।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार बनेपा नगरपालिकामा मात्रै २७ जना संमिक्रत थपिएका छन् । यस्तै धुलिखेल नगरपालिकामा १२ जना, पनौती नगरपालिकामा ८, पाँचखाल नगरपालिकामा ६, मण्डनदेउपुर नगरपालिकामा ७, नमोबुद्ध नगरपालिकामा १, तेमाल गाउँपालिकामा १, महाभारत गाउँपालिकामा १ र चौरीदेउराली गाउँपालिकामा १ जना गरी जम्मा ६४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

    यस्तै जिल्लामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। काठमाडौंका ७२ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

    यस्तै जिल्लामा आज ९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

    प्रतिक्रिया दिनुहोस