२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पत्रकार चौलागाईको असामयिक निधन

  • २०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ४६२ पाठक संख्या
  • नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य, काभ्रेपोष्ट साप्ताहिकका प्रधानसम्पादक विष्णु चौलागाईंको निधन भएको छ ।

    ५१ वर्षीय चौलागाईंको शुक्रबार बिहान ओम अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । उनी गत असोज २६ गते कोरोनाबाट संक्रमित भएका थिए। पछिल्लो समय कोरोना संक्रमण मुक्त भएका चौलागाईको कोरोना संक्रमणपछि फोक्सोमा समस्या देखिएको थियो ।

    कोरोना संक्रमण भएपछि होम आइसोलेसन बसेका उनीमा ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

    पुनः पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिए पनि फोक्सोमा रहेको समस्याका कारण उनी अस्पतालमै उपचाररत थिए । जिल्लामा करिब ३ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अग्रज पत्रकारको मृत्युले काभ्रेली पत्रकारितामा एक अपूरणीय क्षति पुगेको छ ।

    यसैबिच, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले चौलागाईं, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, नेपाल प्रेस युनियनका काभ्रे अध्यक्ष कपिल कोइराला र प्रेस संगठनका जिल्ला संयोजक भुवन रायमाझी र सहसंयोजक रामृष्ण बञ्जाराले घुट्टा छुट्टै विज्ञप्ती निकालेर उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली तथा उहाँको परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

    काभ्रे चौंरीदेउरालीमा जन्मिएका चौलागाईंका श्रीमती, एक छोरा र एक छोरी छन् ।

    प्रतिक्रिया दिनुहोस