२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो

  • २०७७ कार्तिक १०, सोमबार मा प्रकाशित ३ साल अघि
  • ५०७ पाठक संख्या
  • आईपीएल क्रिकेटमा बेन स्टोक्सको शतक र सन्जु सामसनको अर्धशतक मद्दतमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई आठ विकेटले हराएको छ ।

    मुम्बई इन्डियन्सले दिएको १९६ रनको विजय लक्ष्य राजस्थानले १० बल बाँकी छँदै पूरा गर्यो ।

    बेन स्टोक्सले नटआउट १०७ र सामसनले नटआउट ५४ रन बनाए । यी दुवैले तेस्रो विकेटका लागि १३।४ ओभरमा १५२ रनको साझेदारी गरे । स्टोक्स म्यान अफ द म्याच भए ।

    बलिङतर्फ मुम्बईका लागि जेम्स प्याटिन्सले दुई विकेट लिए ।

    दुबईमा जारी आईपीएलको १३ औं संस्करणमा राजस्थानको यो पाँचौ जित हो । यो जितसँगै राजस्थान छैटौं स्थानमा उक्लिएको छ ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । मुम्बईका लागि हार्दिक पाण्ड्याले केबल २१ बलमा नटआउट ६० रन बनाएका थिए । उनले ७ छक्का र २ चौका प्रहार गरे ।

    यसैगरी सूर्यकुमार यादवले ४०, इशान किसनले ३७ र सौरभ तिवारीले ३४ रन बनाए ।

    बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले २–२ विकेट लिए ।

    अंकित राजपुत महँगा बलर साबित भए । उनले चार ओभरमा ६० रन दिए । यस्तै कार्तिक त्यागीले ४५ रन खर्च गरे ।

    प्रतिक्रिया दिनुहोस