२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

एैतिहासिक रक्तकाली मन्दिरको पुनः निर्माण

  • २०७७ कार्तिक ९, आईतबार मा प्रकाशित ३ साल अघि
  • ३०८८ पाठक संख्या
  • नमोबुद्ध ५ (साविक कानपुर कालापानी गाविस वडा नं ७) मा रहेको एैतिहासिक रक्तकाली (कोटकालिका) मन्दिरको पुनः निर्माण भएको छ ।

    पृथ्वी नारायण शाहको पालमा स्थापना भएको रक्तकालीका मन्दिर ७२ सालको भुकम्पले क्षति पुगेको थियो ।

    आईतवार वडा दशैंको नवमीको दिन एक कार्यक्रमका विच प्रदेश सभा सदस्य रत्न ढकाल र नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरे ।


    मन्दिर पुनः निर्माणमा प्रदेश संसद रत्न ढकालले संसद विकास कोषबाट १० लाख, नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा र वडा अध्यक्ष बुद्धसिं लामाको पहलमा नगरपालिकाबाट ७ लाख ५० हजार, सप्ताहबाट १९ लाख ४४ हजारमा खर्च कटाएर उठेको १२ लाख ७५ हजार, विभिन्न ठाउँ तथा व्यक्तीबाट प्राप्त नगद गरी ३४ लाख ९७ हजार ८ सय १५ आम्दानी तथा विभिन्न शिर्षकमा गरी ३८ लाख २६ हजार खर्च भएको रक्तकाली मन्दिर संरक्षण तथा मर्मत समितिले जनाएको छ ।


    मन्दिर सँगै नमोबुद्ध ५ का सुरेश कोइरालाले आफ्नो स्वर्गिय आमा टिका कुमारीको सम्झनामा ३ लाख ५० हजारमा निर्माण गरेका सिढिंको समेत एक कार्यक्रका विच शिलापत्र अनावरण गर्दै उद्घाटन भयो । उक्त सिढिको निर्माणको शिलालेखको पनि प्रदेश सभा सदस्य रत्न ढकाल र नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले अनाबरण गरे ।

    कार्यक्रममा प्रदेश सभा सदस्य रत्न ढकालले मन्दिरको पुनःनिर्माणले तिमाल क्षेत्रको पर्यटकीय क्षेत्रमा सहयोग पुगेको बताए । उनले भकुण्डे कोटतिमल हुँदै मेच्छे जाने सडकको कालोपत्रे चाँडै नै शुरु हुने भएकोले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरम दृश्याबलोकनका लागि आउन सजिलो हुने बताए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरपालिकाको सबैभन्दा उचाइको ठाउँ भएकोले पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताए । पर्यटनको लागि पर्यटकीय क्षेत्र सबै मन्दिर, गुम्वा संरक्षणमा नमोबुद्ध नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको उनको भनाई छ ।

    कार्यक्रममा नेकपाका नेता इन्द्र तामाङ, रक्तकाली मन्दिर संरक्षण तथा मर्मत समितिका संयोजक अर्जुनबहादुर कोइराला, समितिका बाबुराम कोइराला, नारायण कोइराला लगायतले मन्दिरबारे मन्तब्य राखेका थिए ।

    कार्यक्रममा त्यस क्षेत्रकै सबैभन्दा जेष्ठ व्यक्ति बेनीबहादुर कोईरालालाई सम्मान समेत गरिएको थियो ।

    प्रदेशबाट छुट्टिएको समितिका संयोजक देवराज(उमेश) खकुरेल, वडा तथा नगरपालिकाबाट छुट्टिएको समितिको संयोजक सुमन कोइरालाले नेतृत्व गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस