२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शुक्रवार एकैदिन काभ्रेमा १ सय १० मा कोरोना, एकको मृत्यु

  • २०७७ कार्तिक ७, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ३८७ पाठक संख्या
  • शुक्रवार एकैदिन काभ्रेमा १ सय १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संख्या पछिल्लो २४ घण्टामा देखिएको अहिले सम्मकै धेरै हो ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले काभ्रेमा शुक्रवार बनेपा नगरपालिकामा २८ जना महिला र २६ जना पुरुष, पनौती नगरपालिकामा ३ जना महिला र ५ जना पुुरुष, धुलिखेल नगरपालिकामा १४ जना महिला र १२ जना पुरुष, नमोबुद्ध नगरपालिकामा २ जना महिला र ४ जना पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ जना महिला र ४ जना पुरुष, पाँचखाल नगरपालिकामा ५ जना पुरुष, बेथानचोक गाउँपालिकामा १ जना पुरुष, चौरीदेउराली गाउँपालिकामा १ जना पुरुष, रोशी गाउँपालिकामा २ जना पुरुष र खानीखोला गाउँपालिकामा १ जना पुरुष गरेर काभ्रेमा १ सय १० जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

    खानीखोलामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । यो सँगै काभ्रेका १३ वटै स्थानीय तहमा कोरोना संक्रमण देदिखएको छ ।

    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १४ सय ८१ पुगेको छ । शुक्रवार २८ जना संक्रमण मुक्त सँगै हालसम्म ९ सय १५ जना कोरोना जितिसकेका छन् । जिल्लामा अहिले ५ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् ।

    त्यस्तै काभ्रेमा कोरोनाको कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिका ९ का ५६ वर्षीय पुरुष छन् । उनको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस